‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले दिए मेलम्चीका बाढीपीडितलाई साढे १८ लाख

वि.सं.२०७८ साउन ६ बुधवार

कामठाडौँ । मेलम्चीका बाढीपहिरो पीडितलाई टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले रु १८ लाख ३६ हजार १०५ नगद आर्थिक सहयोग गरेका छन् । उनले उक्त रकम मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई आज हस्तान्तरण गरेका हुन् ।
उक्त रकम गत असार १ गते आएको बाढीका कारण मेलम्ची नपामा पूर्णरूपमा क्षति भएकामध्येका पनि अतिप्रभावित कमल श्रेष्ठ, ङयन्द्र प्र दुलाल हीराकाजी श्रेष्ठ, रामजी श्रेष्ठ र मछिन्द्र श्रेष्ठलाई, तीन लाख ६७ हजारका दरले घर निर्माणका लागि प्रदान गरिएको अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए । सो अवसरमा कँडेलले रेडियो मेलम्चीलाई रु ५० हजार प्रदान गरे ।
स्विडेनमा रहनुभएका हेलम्बु गाउँपालिका–६ निवासी कृष्ण केसीको नेतृत्वमा सङ्कलन गरिएको रु १५ हजारसहित रु ५० हजार कँडेलले रेडियोका अध्यक्ष डम्बर रसिक भारतीलाई हस्तान्तरण गरे।
२०७८ साउन ६ गते प्रकाशित

प्रकाशित समय : १२:५२ बजे