back
Naima

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

विगत दुई वर्षदेखि नेपाली बजारमा चलिरहेको र परीक्षण भइसकेको गाडी भएकाले ग्राहकको विश्वास पनि राम्रो छ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन पनि बाइक तथा गाडी पारखीको उल्लेख्य उपस्थिति देखिएको छ । नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एक्स्पोमा राखिएका विभिन्न ब्रान्डका सवारीसाधनबारे अवलोकनकर्ताले चासो देखाएका छन् ।

एक्स्पोमा विद्युतीय कार, एसयूभी तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन् । त्यसमध्ये एसपीजी अटोमोबाइल्सले ओमोडा र जेको ब्रान्डअन्तर्गतका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेको छ । कम्पनीका असिस्टेन्ट म्यानेजरका अनुसार ओमोडा ई५ नेपाली बजारमा स्थापित भइसकेको विद्युतीय गाडी हो ।

कम्पनीले ओमोडा ई५ लाई दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा ओमोडा ई५ प्रो र ओमोडा ई५ लङ रेन्ज । उनका अनुसार ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट क्षमताको एलएफपी ब्याट्री र ९९ किलोवाटको मोटर उपलब्ध छ । एकपटक पूर्ण चार्ज गर्दा यसले ३५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

उनले भने, ‘हामीसँग ओमोडा ई५ दुईवटा भेरियन्टमा उपलब्ध छ । ओमोडा ई५ प्रो र ओमोडा ई५ लङ रेन्ज । ओमोडा ई५ प्रोमा ५०.७ किलोवाटको ब्याट्री र ९९ किलोवाटको मोटर पाउनुहुन्छ । एकपटक चार्ज गर्दा यसले ३५० किलोमिटरसम्मको रेन्ज दिन्छ । यो नेपाली बजारमा विगत दुई वर्षदेखि चलिरहेको र ग्राहकले राम्रो रुचाएको गाडी हो । अहिलेसम्म १ हजार ५०० भन्दा बढी गाडी नेपाली सडकमा गुडिरहेका छन् ।’

ओमोडा ई५ प्रोको सुरुवाती मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । मोनो–टोन भेरियन्टको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ र डुअल–टोनको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि भने कम्पनीले विशेष छुटसहित ४९ लाख ९९ हजार रुपैयाँमा गाडी उपलब्ध गराइरहेको छ ।

विशेष अफरअन्तर्गत ग्राहकले एक वर्षको रोड ट्याक्स र इन्स्योरेन्स निःशुल्क पाउनेछन् । त्यसैगरी ७ किलोवाट र ३ किलोवाट क्षमताका दुईवटा चार्जर उपलब्ध गराइने कम्पनीले जनाएको छ । दुई जना ग्राहकलाई चीन भ्रमणको अवसर तथा प्रत्येक गाडीको डेलिभरीमा एमआईको स्मार्टफोनसमेत उपलब्ध गराउने कम्पनीको अफर छ ।

कम्पनीका प्रतिनिधिका अनुसार ओमोडा ई५ नेपाली बजारमा विगत दुई वर्षदेखि बिक्री हुँदै आएको छ । हालसम्म १ हजार ५०० भन्दा बढी ओमोडा ई५ नेपाली सडकमा गुडिरहेको कम्पनीको दाबी छ ।

‘यो नेपाली बजारमा राम्रो रुचाइएको गाडी हो । विगत दुई वर्षदेखि नेपाली बजारमा चलिरहेको र परीक्षण भइसकेको गाडी भएकाले ग्राहकको विश्वास पनि राम्रो छ,’ कम्पनीका प्रतिनिधिले भने, ‘अहिले हामीसँग गाडीको स्टक पनि छ र बिक्री पनि राम्रो भइरहेको छ ।’

नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिनदेखि नै ओमोडा ई५ को बुकिङ उत्साहजनक रहेको उनले बताए । दोस्रो दिन पनि बुकिङ तथा अवलोकनकर्ताको चाप राम्रो रहेको उनको भनाइ छ ।

कम्पनीले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारसँगै चार्जिङ पूर्वाधारमा समेत लगानी बढाउने जनाएको छ । यसै वर्षभित्र १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन विस्तार गर्ने कम्पनीको योजना छ।

चार्जिङ समय भने प्रयोग गरिने चार्जरको क्षमतामा निर्भर हुने कम्पनीले जनाएको छ । ८० किलोवाटको चार्जर प्रयोग गर्दा करिब ३० मिनेटमा पूर्ण चार्ज हुने र ६० किलोवाटको चार्जरबाट एक घण्टाभित्र पूर्ण चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

कम्पनीले हाल बिक्री गरिरहेका सवारीसाधनमा हाइब्रिडभन्दा पूर्ण विद्युतीय अर्थात् प्योर ईभीलाई प्राथमिकता दिएको छ । ओमोडा ई५ प्रोबाहेक ओमोडा ई५ लङ रेन्ज पनि उपलब्ध छ । लङ रेन्ज भेरियन्टमा ५८.९ किलोवाट क्षमताको एलएफपी ब्याट्री रहेको र एकपटक चार्ज गर्दा ४३० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

ओमोडासँगै कम्पनीले जेको ब्रान्डअन्तर्गत जेको जे५ र जेको जे६ पनि प्रदर्शनमा राखेको छ । जेको जे५ प्रोले ३५० किलोमिटर रेन्ज दिने तथा जेको जे५ लङ रेन्जले ४६१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार सवारीसाधनले दिने वास्तविक रेन्ज भने सडकको अवस्था, ड्राइभिङ शैली, ट्राफिक र मौसमलगायतका विषयमा निर्भर गर्छ । विशेषगरी हाइवे तथा समथर सडकमा कम्पनीले दाबी गरेको रेन्जभन्दा बढी रेन्जसमेत प्राप्त हुन सक्ने प्रतिनिधिको भनाइ छ ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र कुपण्डोल र सीतापाइलामा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ । उपत्यकाबाहिर मुख्य सहरहरूमा गरी १८ वटा स्थानमा सर्भिस सेन्टर उपलब्ध रहेको कम्पनीले जनाएको छ । ओमोडा ई५, जेको जे५ र जेको जे६ लगायतका सवारीसाधनका लागि यी सर्भिस सेन्टरबाट सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ओमोडा ई५ प्रोको मूल्य ५१ लाख ५९ हजार रुपैयाँदेखि सुरु हुन्छ । जेको जे६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीले हाल उपलब्ध ओमोडा र जेकोका सवारीसाधन ५० लाख रुपैयाँभन्दा माथिको मूल्य दायरामा रहेको जनाएको छ ।

जेको जे६ : अफरोडदेखि लक्जरीसम्म

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जेको जे६ ले पनि अवलोकनकर्ताको ध्यान तानेको कम्पनीका प्रतिनिधि सिद्धार्थ बज्राचार्यले बताए ।

उनका अनुसार जेको जे६ मा २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ६५.६९ किलोवाट क्षमताको ब्याट्री रहेको र डब्लुएलटीपी मापदण्डअनुसार ४३१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

बज्राचार्यका अनुसार जेको जे६ विशेषगरी अफरोड क्षमता र लक्जरीलाई ध्यानमा राखेर तयार गरिएको विद्युतीय एसयूभी हो ।

‘यो गाडी अफरोड र लक्जरी दुवैका लागि बनाइएको हो । यसको ग्राउन्ड क्लियरेन्स २२५ एमएम छ र ६५.६९ किलोवाटको ब्याट्री रहेको छ । डब्लुएलटीपी रेन्ज ४३१ किलोमिटर छ,’ उनले भने ।

उनले ७० लाख रुपैयाँ आसपासको मूल्य दायरामा जेको जे६ उत्कृष्ट विकल्पमध्ये एक भएको दाबी गरे । ग्राहकको रोजाइमा समेत यो गाडी परेको उनको भनाइ छ।

‘यो हाम्रो हाइएस्ट सेलिङ भेहिकल पनि हो। धेरैले रुचाएको गाडी हो । ७० लाख रुपैयाँको रेन्जमा यो गाडी उत्कृष्ट गाडीमध्ये एक हो,’ बज्राचार्यले भने ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिनसम्म आइपुग्दा नयाँ पुस्ताका विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको चासो उल्लेख्य देखिएको छ । एकातर्फ नयाँ प्रविधि र रेन्जमा सुधार भएका विद्युतीय सवारीसाधन प्रदर्शनीमा छन् भने अर्कोतर्फ कम्पनीहरूले चार्जिङ तथा सर्भिस नेटवर्क विस्तारलाई प्राथमिकता दिन थालेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

वि.सं.२०८३ साउन २७ बुधवार १५:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना भइरहेको नाईमा...

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

वि.सं.२०८३ साउन २७ बुधवार १५:२६

काठमाडौँ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित नयाँ...

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

वि.सं.२०८३ साउन २६ मंगलवार २२:२६

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव नाइमा नेपाल...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५०

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार २०:०४

काठमाडौँ । नेपाली बजारमा टाटा मोटर्सको नयाँ पन्च ईभी फेसलिफ्ट...