back

याडियाका ३ नयाँ स्कुटर सार्वजनिक, मूल्य २ लाख ३० हजारदेखि सुरू

काठमाडौं । विद्युतीय दुईपाँग्रे सवारी साधन ब्राण्ड याडियाले नेपालमा तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले याडियाको जीटी ७०, जीटी ८० र जीएस ७० गरी तीन मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले जीएस ७० को मूल्य २ लाख ३० हजार, जीटी ७० को ३ लाख ६५ हजार र जीटी ८० को ३ लाख ३० हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले रेगुलर प्रयोग, हाई पर्फमेन्स र लङ रेन्ज गरी तीन भेरियन्टमा स्कुटर ल्याएको हो । जीएस ७० मा २.८ किलोवाट क्षमताको पिक पावर भएको मोटर र २.१ किलोवाट क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ । यो स्कुटरलाई फुलचार्ज गरेर १०५ किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ । यो रेगुलर प्रयोगको लागि उपयुक्त स्कुटर हो ।

त्यस्तै, लङ रेन्ज मोडलमा जीटी ७० रहेको छ । यसमा ३.७ किलोवाट पिक पावर भएको मोटर छ भने, ५.७ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एकपटक फुल चार्ज गरेर २२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

त्यसैगरी, जीटी ८० मा भने पावरफुल ५ किलोवाट पिक पावर भएको मोटर र ३.६ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यो स्कुटरले एक पटकको फुलचार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

याडियाको नयाँ लाइनअपमा ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड एसिस्ट, क्रुज कन्ट्रोल, डबल डिस्क ब्रेक लगायतका फिचर उपलब्ध छ । मोडल अनुसार टीएफटी डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, डबल ब्याट्री अप्सन लगायतका फिचर उपलब्ध छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०१

काठमाडौं–सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो...

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५८

काठमाडौं । एप्पल, एचपी, डाइसन तथा डेल लगायत विभिन्न अन्तर्राष्ट्रिय...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५४

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

विश्व अटोमोबाइल बजारमा चिनियाँ कम्पनीको ऐतिहासिक वर्चस्व: शीर्ष १० भित्र बीवाईडी, जिली र चेरी

विश्व अटोमोबाइल बजारमा चिनियाँ कम्पनीको ऐतिहासिक वर्चस्व: शीर्ष १० भित्र बीवाईडी, जिली र चेरी

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५१

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा परम्परागत पाश्चात्य र जापानी ब्रान्डहरूको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट,भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट,भदौ ९ देखि १८ औँ नाडा अटो शो

वि.सं.२०८३ साउन २१ बिहीवार २०:४३

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको...

वुलिङले नेपाल ल्यायो पहिलो ७ सिटे इलेक्ट्रिक एमपीभी ‘डारियोन ईभी’,

वुलिङले नेपाल ल्यायो पहिलो ७ सिटे इलेक्ट्रिक एमपीभी ‘डारियोन ईभी’,

वि.सं.२०८३ साउन २१ बिहीवार २०:४१

काठमाडौं । आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु हुनुअघि...