back

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमाः ५ जनाको नाम ‘सर्टलिस्ट’मा

काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालयको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ५ जनालाई सर्टलिस्ट (छनौट) गरेको हो।

मन्त्रालयले २०८३ साउन २१ गते सार्वजनिक गरेको सूचना अनुसार, उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव र उनीहरूले पेस गरेको व्यावसायिक तथा वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा अन्तर्वार्ताका लागि छनोट गरिएको हो।

छनोटमा परेका उम्मेदवारहरूमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन् । छनोटमा परेका उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिनुपर्नेछ। यी पाँच जनामध्येबाट समितिले उपयुक्त नाम सिफारिस गर्ने र सोही आधारमा मन्त्रिपरिषद्ले आगामी कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ।

कोषको नेतृत्वका लागि योग्य र सक्षम व्यक्तिको खोजी गर्ने क्रममा यो प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

वि.सं.२०८३ साउन १२ मंगलवार १५:४२

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को...

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी...

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३४

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न संस्थाका पदाधिकारीका...

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:०२

काठमाडौं । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय...

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...