back

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

nactional life

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । चितवन अटो–शो २०२६ चितवन अटो मोबाइल डिलर्स एसोसिएसन र चितवन अटो मोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि सोमबार समापन गरिएको हो ।

आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलामा कुल ३२१ सवारी साधन बुकिङ एवं बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन् ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा १२ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको थियो । करिब ३० कम्पनीका ७० भन्दा बढी स्टलमार्फत कार, जिप, मोटरसाइकल, स्कुटरलगायत विभिन्न सवारी साधन प्रदर्शनमा राखिएका थिए । माइक्रो बस र भ्यानका लागि छुट्टै स्टलको व्यवस्था गरिएको थियो भने प्रदर्शनी हल बाहिर थप टेन्टमार्फत पनि स्टल विस्तार गरिएको थियो ।

शो अवधिभर ग्राहकहरूलाई अन द स्पट फाइनान्स तथा बिमा सेवा उपलब्ध गराइएको थियो । साथै, विभिन्न कम्पनीहरूले सवारी खरिदकर्ताका लागि विशेष छुट तथा आकर्षक योजनाहरू राखेका थिए । मेलामा सवारी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई विशेष उपहार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...