back

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ पूर्वाधार विस्तारमा अग्रणी एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा पहिलोपटक उच्च हिमाली भूभाग जोमसोममा CCS2 ईभी चार्जिङ स्टेसन स्थापना गरेर नयाँ कीर्तिमान बनाएको छ। यससँगै यो स्टेशन देशकै सबैभन्दा अग्लो स्थानमा अवस्थित चार्जिङ स्टेसनको रूपमा चिनिएको छ।

जोमसोमको यो चार्जिङ स्टेसन केवल इन्जिनियरिङ्गको दृष्टिकोणबाट मात्र महत्त्वपूर्ण छैन, यसले नेपालका दुर्गम क्षेत्रहरूमा पनि स्वच्छ ऊर्जामा आधारित मोबिलिटी सम्भव हुने देखाएको छ। यो पहलले न केवल ईभी प्रयोगकर्ताहरूलाई उच्च हिमाली यात्रामा सहजता दिनेछ, बरु वातावरणमैत्री परिवहन र दिगो पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुर्‍याउनेछ।

एमएडब्लू वृद्धिले हालसम्म देशभर ११६ स्थानमा CCS2 चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ, जुन शहरी क्षेत्रदेखि पर्यटकीय तथा दुर्गम गन्तव्यहरूसम्म फैलिएको छ। कम्पनीको रणनीतिक विस्तार योजनाअनुसार, चार्जिङ सेवा अब काठमाडौं मात्र होइन, जोमसोमजस्ता उच्च जोखिमयुक्त भूगोलमा समेत सहज र भरपर्दो रूपमा उपलब्ध हुन थालेको छ। कार्यक्रमका सन्दर्भमा कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जोमसोमजस्तो पर्यटकीय गन्तव्यमा चार्जिङ सुविधा पुर्‍याएर हामीले दिगो पर्यटन र हरित नेपाल निर्माणमा महत्वपूर्ण पाइला चालेका छौं। पर्यावरणप्रेमी यात्रुहरूको लागि यो अब एक व्यवहारिक विकल्प बन्नेछ।”

नेपाली बजारमा EV अपनत्व बढ्दो क्रममा रहेको सन्दर्भमा, यस्ता प्रविधिमैत्री तथा पूर्वाधारमैत्री पहलहरूले सरकारी नीति, निजी लगानीकर्ता र आम यात्रुहरूबीच EV प्रति भरोसा र उत्साह बढाउने अपेक्षा गरिएको छ।

स्मार्ट चार्जिङ सोलुसन उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको एमएडब्लू वृद्धि स्पीड चार्जर्सले “जहाँसुकै, जोकोहीका लागि सफा यातायात” भन्ने नारालाई मूर्तरूप दिइरहेको छ। कम्पनीका अनुसार, चार्जिङ स्टेशन स्थान र सञ्जालबारे विस्तृत जानकारी mawevcharging.com मा उपलब्ध छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...