back

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ पूर्वाधार विस्तारमा अग्रणी एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा पहिलोपटक उच्च हिमाली भूभाग जोमसोममा CCS2 ईभी चार्जिङ स्टेसन स्थापना गरेर नयाँ कीर्तिमान बनाएको छ। यससँगै यो स्टेशन देशकै सबैभन्दा अग्लो स्थानमा अवस्थित चार्जिङ स्टेसनको रूपमा चिनिएको छ।

जोमसोमको यो चार्जिङ स्टेसन केवल इन्जिनियरिङ्गको दृष्टिकोणबाट मात्र महत्त्वपूर्ण छैन, यसले नेपालका दुर्गम क्षेत्रहरूमा पनि स्वच्छ ऊर्जामा आधारित मोबिलिटी सम्भव हुने देखाएको छ। यो पहलले न केवल ईभी प्रयोगकर्ताहरूलाई उच्च हिमाली यात्रामा सहजता दिनेछ, बरु वातावरणमैत्री परिवहन र दिगो पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुर्‍याउनेछ।

एमएडब्लू वृद्धिले हालसम्म देशभर ११६ स्थानमा CCS2 चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ, जुन शहरी क्षेत्रदेखि पर्यटकीय तथा दुर्गम गन्तव्यहरूसम्म फैलिएको छ। कम्पनीको रणनीतिक विस्तार योजनाअनुसार, चार्जिङ सेवा अब काठमाडौं मात्र होइन, जोमसोमजस्ता उच्च जोखिमयुक्त भूगोलमा समेत सहज र भरपर्दो रूपमा उपलब्ध हुन थालेको छ। कार्यक्रमका सन्दर्भमा कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जोमसोमजस्तो पर्यटकीय गन्तव्यमा चार्जिङ सुविधा पुर्‍याएर हामीले दिगो पर्यटन र हरित नेपाल निर्माणमा महत्वपूर्ण पाइला चालेका छौं। पर्यावरणप्रेमी यात्रुहरूको लागि यो अब एक व्यवहारिक विकल्प बन्नेछ।”

नेपाली बजारमा EV अपनत्व बढ्दो क्रममा रहेको सन्दर्भमा, यस्ता प्रविधिमैत्री तथा पूर्वाधारमैत्री पहलहरूले सरकारी नीति, निजी लगानीकर्ता र आम यात्रुहरूबीच EV प्रति भरोसा र उत्साह बढाउने अपेक्षा गरिएको छ।

स्मार्ट चार्जिङ सोलुसन उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको एमएडब्लू वृद्धि स्पीड चार्जर्सले “जहाँसुकै, जोकोहीका लागि सफा यातायात” भन्ने नारालाई मूर्तरूप दिइरहेको छ। कम्पनीका अनुसार, चार्जिङ स्टेशन स्थान र सञ्जालबारे विस्तृत जानकारी mawevcharging.com मा उपलब्ध छ।


अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

वि.सं.२०८२ जेठ १७ शनिवार १०:५५

काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण...

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

वि.सं.२०८२ जेठ १२ सोमवार १८:११

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालको विद्युतीय सवारी बजारमा उत्साह...

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:५७

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५९

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी...

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०६

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका...

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

वि.सं.२०८२ वैशाख १० बुधवार १५:५९

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको...