back

हिरोले सार्वजनिक गर्यो २१० सीसीको नयाँ एक्सपल्स

अफरोड पारखीहरुका लागि ‘डबल मज्जा’

nactional life

काठमाडौँ । पछिल्लो समय नेपालमा उच्च क्षमताका स्टाइलिस मोटरसाइकल प्रति रुची बढ्न थालेको छ । मानिसहरुको बढ्दो क्रयशक्ति र विषम भूगोलका कारण शक्तिशाली अफरोड मोटरसाइकलमा पनि मानिसहरुको आकर्षण बढ्दो छ ।यस्तै दुईपांग्रे सवारी बजारमा रुचाइएको एक मोडल हो– हिरोको एक्सपल्स । सुरुमा भी टु र पछि स्तरोन्नती सहित भी फोर मोटरसाइकल आउँदा नेपालमा राम्रै ब्यापार भएको थियो । हिरोको माथिल्ले रेञ्जमा सबैभन्दा रुचाइएको मोडल पनि यही हो ।

तर समय बित्दै जाँदा अझ नयाँ, अझ शक्तिशाली र अझ आकर्षक मोडलको अपेक्षा सबै उपभोक्ताले गरेका हुन्छन् । एक्सपल्सका पारखीको पनि यही अपेक्षा छँदै थियो । तर अब ती उपभोक्ताका लागि नयाँ विकल्प तयार भएको छ । लामो प्रतिक्षापछि हिरो मोटोकर्पले एक्सपल्स २१० सार्वजनिक गरेको छ ।

कम्पनीले इटालीको मिलानमा जारी इआईसीएमए (इक्मा) अटो शो २०२४ मा एक्सपल्स २१० सार्वजनिक गरेको हो । यही मोटरसाइकल हिरो मोटोकर्पले आगामी जनवरीमा भारतमा आयोजना हुने मोबिलिटी शो २०२५ मा समेत प्रदर्शन गर्ने भएको छ । त्यसको केही समयपछि कम्पनीले एक्सपल्स २१० बिक्री सुरू गर्ने भएको छ ।

हिरो मोटोकर्पले हालै सार्वजनिक गरेको नयाँ एक्सपल्समा पुरानो एक्सपल्स २०० को नभएर करिज्मा २१० मा प्रयोग भएको इन्जिन प्रयोग गरिएको जनाएको छ । यो इञ्जिन पहिलेको भन्दा ज्यादा शक्तिशाली र शानदार भएको कम्पनीको भनाइ छ ।

कम्पनीले एक्सपल्स २०० फोर भी कै जस्तो डिजाइनमा एक्सपल्स २१० तयार पारेको छ । तर यसको बडी लुक्समा भने निकै फरक देखिएको छ । खासगरी फ्युल ट्यांकी र त्यस वरपरको भाग तथा सीटको डिजाइन परिवर्तन गरिएको छ । नयाँ एक्सपल्समा अझै अफरोड प्रेरित डिजाइन ल्याइएको कम्पनीले जनाएको छ । यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन गरिएको छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।

यो मोटरसाइकलका फ्रन्टमा ४३ एमएम फुल्ली एड्जष्टेबल यूएसडी फर्क देख्न सकिन्छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ । यो मोटरसाइकलमा स्वीचेबल डबल च्यानल एबीएस, ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्माट कनेक्ट फिचर उपलब्ध छ ।

यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसको पावर भने करिज्माकोभन्दा केही कम हो । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।

यसको मूल्य बारे कुनै जानकारी बाहिर नआए पनि भारतीय बजारमा सार्वजनिक हुँदा १ लाख ५५ हजार भारतीय रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । रोडमा निस्कँदासम्म भारु २ लाख वा त्योभन्दा कम मूल्य हुनसक्ने अनुमान गरिएको छ । नेपालमा भने यो मोटरसाइकल अहिलेको २०० सीसीको तुलनामा १५ देखि २० हजार रुपैयाँ महँगो पर्नसक्ने अड्कल गरिएको छ ।

नेपालमा अहिले एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ६५ हजार छ । फोर भी प्रोको मूल्य ४ लाख ८५ हजार छ । गत वर्षसम्म टु भीको मूल्य ४ लाख ४ हजार र फोरभीको मूल्य ४ लाख ५४ हजार रुपैयाँ थियो ।

यसअघि २०० सीसी क्षमतामा मात्रै मोटरसाइकल ल्याइरहेको यो मोडलले २१० सीसी भेरियन्टमा पनि ल्याएको हो । तर अब २१० सीसी भेरियन्ट बजारमा आइसकेपछि पुरानो २०० सीसी भेरियण्टको उत्पादन बन्द हुनसक्ने आँकलन पनि गरिएको छ ।

नयाँ भेरियन्टमा आउने एक्सपल्सले होण्डाको एक्सआर १९० एल मोडलसँग प्रतिस्पर्धा गर्ने ठानिएको छ । एक्सपल्सले परिवर्तन गरेको लुक्स पनि होण्डाको यो मोडलसँग अधिकतर मिल्दोजुल्दो छ । होण्डाको यो बाइकको मूल्य भने ७ लाख ७० हजार पर्छ । त्यसो हुँदा एक्सआरका ग्राहक एक्सपल्सतर्फ आकर्षित हुनसक्ने संभावना छ । किनकी, यो मोटरसाइकल एक्सआरको तुलनामा डेढ लाखभन्दा धेरै सस्तो पर्ने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:१०

काठमाडौं । जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक...

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३५

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्ने उद्देश्यसहित सिजि...

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...