back

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले डोनाल्ड ट्रम्पलाई फोन गरेर बधाई दिएको बताएकी छन्।

राष्ट्रपतिमा विजयी भएका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई बिहीबार बिहान फोन गरेर आफूले बधाई दिएको कुरा ह्यारिसले हावर्ड विश्विविद्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधनका क्रममा भनेकी हुन्। ‘ट्रम्पलाई बिहान फोन गरेर बधाई दिएँ, उहाँ र उहाँको टिमलाई आवश्यक सहयोग रहने र सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुनेमा विश्वस्त रहन भनेको छु,’ ह्यारिसले भनिन्।

यसपालि ट्रम्प र ह्यारिसबीच कडा टक्कर हुने प्रक्षेपणविपरीत ट्रम्पले राष्ट्रपतिका लागि आवश्यक इलेक्टोरल मत सहज रूपमा प्राप्त गरेका थिए।

राष्ट्रपतिका लागि २७० इलेक्टोरल मत आवश्यक रहेकामा ट्रम्पले अहिलेसम्म २९५ इलेक्टोरल मत पाएका छन्। ह्यारिसले २२६ इलेक्टोरल मत पाएकी छन्।

हावर्डमा सम्बोधनका क्रममा ह्यारिसले आफ्नो पराजय पनि स्वीकार गरेकी छन्। ‘चुनावमा पराजित भएपछि त्यसलाई स्वीकार्नु अमेरिकी लोकतन्त्रको आधारभूत कुरा हो,’ उनले भनिन्। यद्यपि लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको लडाइँ जारी रहने बताउँदै उनले समर्थक र मतदाताहरूलाई विचलित नहुन अपिल गरिन्।

‘तपाईंहरूको यो समर्थनका लागि आभारी छु। निर्वाचनमा पराजित भए पनि नागरिकको स्वतन्त्रता र आत्मसम्मानका लागि लडाइँ जारी रहन्छ। अमेरिकी महिलाहरूलाई आफ्नो निर्णय आफै गर्न सक्ने बनाउने लडाइँ जारी रहन्छ। विद्यालय र सडकमा हुने बन्दुक हिंसा विरूद्धको लडाइँ जारी नै रहन्छ,’ उनले भनिन्।

त्यस्ता लडाइँ मतपेटिका, अदालत र जनतासामु हुने उनको भनाइ छ। ‘लामै समय लड्नुपर्ला, यसको मतलब हामी जित्दैनौं भन्ने होइन। हार नमान्नु महत्वपूर्ण हो,’ उनले भनिन्।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...