back
skip this gaugauma singhadarbar

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले डोनाल्ड ट्रम्पलाई फोन गरेर बधाई दिएको बताएकी छन्।

राष्ट्रपतिमा विजयी भएका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई बिहीबार बिहान फोन गरेर आफूले बधाई दिएको कुरा ह्यारिसले हावर्ड विश्विविद्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधनका क्रममा भनेकी हुन्। ‘ट्रम्पलाई बिहान फोन गरेर बधाई दिएँ, उहाँ र उहाँको टिमलाई आवश्यक सहयोग रहने र सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुनेमा विश्वस्त रहन भनेको छु,’ ह्यारिसले भनिन्।

यसपालि ट्रम्प र ह्यारिसबीच कडा टक्कर हुने प्रक्षेपणविपरीत ट्रम्पले राष्ट्रपतिका लागि आवश्यक इलेक्टोरल मत सहज रूपमा प्राप्त गरेका थिए।

राष्ट्रपतिका लागि २७० इलेक्टोरल मत आवश्यक रहेकामा ट्रम्पले अहिलेसम्म २९५ इलेक्टोरल मत पाएका छन्। ह्यारिसले २२६ इलेक्टोरल मत पाएकी छन्।

हावर्डमा सम्बोधनका क्रममा ह्यारिसले आफ्नो पराजय पनि स्वीकार गरेकी छन्। ‘चुनावमा पराजित भएपछि त्यसलाई स्वीकार्नु अमेरिकी लोकतन्त्रको आधारभूत कुरा हो,’ उनले भनिन्। यद्यपि लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको लडाइँ जारी रहने बताउँदै उनले समर्थक र मतदाताहरूलाई विचलित नहुन अपिल गरिन्।

‘तपाईंहरूको यो समर्थनका लागि आभारी छु। निर्वाचनमा पराजित भए पनि नागरिकको स्वतन्त्रता र आत्मसम्मानका लागि लडाइँ जारी रहन्छ। अमेरिकी महिलाहरूलाई आफ्नो निर्णय आफै गर्न सक्ने बनाउने लडाइँ जारी रहन्छ। विद्यालय र सडकमा हुने बन्दुक हिंसा विरूद्धको लडाइँ जारी नै रहन्छ,’ उनले भनिन्।

त्यस्ता लडाइँ मतपेटिका, अदालत र जनतासामु हुने उनको भनाइ छ। ‘लामै समय लड्नुपर्ला, यसको मतलब हामी जित्दैनौं भन्ने होइन। हार नमान्नु महत्वपूर्ण हो,’ उनले भनिन्।

 

nactional life -asoj
gaugauma singhadarbar

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

वि.सं.२०८२ कात्तिक १६ आइतवार १९:४४

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित...

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

वि.सं.२०८२ कात्तिक १६ आइतवार १७:३६

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०९:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा...