back
skip this gaugauma singhadarbar

नाडा अटो शोमा स्काइवेलका १२६ गाडी बुक

काठमाडौं ।नाडा अटो शोमा चिनियाँ इलेक्ट्रिक गाडी निर्माता स्काईवेलले धेरैको ध्यान तान्न सफल भएको छ । नाडा अटोशो २०२४ कोआज अन्तिम दिन स्काइवेलले १ सय २६ युनिट बुकिङ गरेको छ।

स्काइवेलको नेपालस्थित आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल भन्छन्,‘हामीले प्रिमियम गाडीमा सम्भवतः सबैभन्दा धेरै गाडी बुकिङ गरेका छौ’। गेलालका अनुसार अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो ।

जी मोटर्सका अनुसार नाडा अटो शोमा ‘स्काइवेल एसयूभी बी ११’ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्जको ईभी सार्वजनिक गरिएको थियो ।

उनका अनुसार स्काइवेलले ल्याएका नयाँ गाडीमा ५ सय २० किलोमिटर रेन्ज भएको ७१.९८ किलोवाट आवर र ४ सय १० का लागि ५१.९२ किलोवाट आवरको ब्याट्री अप्सन छ ।

स्काइवेल ईभीको नयाँ भर्सनका दुवै गाडीको मूल्यमा शोभरि छुट दिइएको थियो ।

स्काइवेल ईटी ५ को मूल्य नेपाली बजारमा १ करोड १५ लाख रुपैयाँ रहे पनि नाडा अटो शोमा ५ लाख रुपैयाँ छुट दिइएको थियो ।

जी मोटर्सका अनुसार ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीवालाको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहे पनि नाडा अटो शोमा ४ सय १० किलोमिटर रेन्जको बीई ११ को ७५ लाख ९० हजार, ५ सय २० किलोमिटर रेन्जको बीई ११ को ८५ लाख ९० हजार थियो ।दुवै प्रकारका गाडीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान भएको छ ।

एकपटक चार्ज गर्दा नेपालमा सबैभन्दा धेरै ६ सय २० किलोमिटर रेन्ज दिने ‘स्काइवेल ई–टी ५’ गाडी सन् २०२३ को नाडा अटो शोमा जी मोटर्सले ल्याएको थियो ।

सिंगल चार्जमा ६ सय २० किलोमिटर दुरी तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याक सहित अघिल्लो नाडा अटो शोमा स्काइवेल नेपालमा सार्वजनिक भएको थियो । ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) हुने स्काइवेलको आफ्नै उत्पादन हो ।

गेलालका अनुसार १ सय ५० किलोवाट मोटर क्यापासिटी, सेफ्टीमा ५ स्टार रेटिङ प्राप्त छ । यस्तै अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषता छन् । यस्तै दुईवटा लक्जरी फोल्डेबल सिट पनि यो गाडीमा रहेको विशेषता हो ।

स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर ईभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ ।

जी मोटर्सले इटहरी सहित विभिन्न आठ स्थानबाट स्काइवेल बिक्री गर्दै आएको छ । चीनमा निर्माण भएको स्काइवेल युरोपमा समेत रुचाइएको ईभीमा पर्ने गर्छ ।नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मुल्य बृद्दी हुने कम्पनीले जनाएको छ ।

 

nactional life -asoj
gaugauma singhadarbar

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

वि.सं.२०८२ असोज ६ सोमवार १३:१४

काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी सोमबार (घटस्थापना) देखि रुट...

आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह

आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह

वि.सं.२०८२ भदौ ३१ मंगलवार १४:४२

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी आन्दोलनका क्रममा...

अग्रिम टिकट बुकिङ प्रक्रिया सुरु भइसकेको छ : अध्यक्ष स्वाँर

अग्रिम टिकट बुकिङ प्रक्रिया सुरु भइसकेको छ : अध्यक्ष स्वाँर

वि.सं.२०८२ भदौ ३१ मंगलवार १४:३१

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर...

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

वि.सं.२०८२ भदौ २३ सोमवार १८:४१

काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स,...

भारतबाट ईभी आयातमा वृद्धि

भारतबाट ईभी आयातमा वृद्धि

वि.सं.२०८२ भदौ ८ आइतवार १०:२४

काठमाडौं । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा...

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री

वि.सं.२०८२ भदौ ३ मंगलवार १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे...