नाडा अटो शो: १ लाख ७५ हजारमै स्कुटर
वि.सं.२०८१ भदौ १६ आइतवार
काठमाडौं । नाडा अटो शोमा इलेक्ट्रिकदेखि पेट्रोलका नयाँ नयाँ दुई पाङ्ग्रे साधन अटो शोमा लञ्च गरिएको छ । नाडा अटो शोमा अघिल्ला वर्षझैँ यस पटक पनि विक्रेताहरूले विशेष अफरहरू ल्याएका छन् । यस वर्षको अटो शोमा एक लाख ७५ हजारेखि २५ लाख १५ हजारसम्मका दुईपाङ्ग्रे सवारी राखिएको छ ।
यस शोमा सबैभन्दा सस्तो दुईपाङ्ग्रे सवारीमा यादियाको इलेक्ट्रिक स्कुटर छ । यादियाको एम सिक्स स्कुटर अटो शोकै सस्तो इलेक्ट्रिक स्कुटर हो ।
हेर्दा सानो र चिटिक्क यो स्कुटरको मोडेल भने अन्य महंगाा स्कुटरको जस्तै छ । यसको ब्याट्री ७२ भोल्टको छ । यो स्कुटर एकपटक पूरा चार्ज हुन ५ देखि ६ घण्टा लाग्छ । एक पटक चार्ज भएपछि यसलाई ९० किलोमिटरसम्म चलाउन सकिन्छ । यसमा १० इन्चको ट्युबलेस टायर छन् ।
यसले सबैभन्दा धेरै ४५ किलोमिटर प्रतिघण्टा गति दिन्छ । ५ वटा कलरमा उपलब्ध छ । यसको मूल्य एक लाख ७५ हजार राखिएको छ । यसको ब्याट्रीमा २ वर्षे वारेन्टी छ ।
प्रकाशित समय : १८:५७ बजे