back

नाडा अटो शो २०२४: नेपाली बजारमा ४१०-६२० किमि रेन्ज भएका स्काईवेलका ईभी कार सार्वजनिक, कति छ मूल्य ?

काठमाडौँ । आज मङ्गलबार देखि काठमाडौँको भृकुटीमण्डपमा अटो मोबाइल क्षेत्रको कुम्भ मेलाको रूपमा परिचित नाडा अटो शो २०२४ सुरु भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको मेलामा विद्धुतिय सवारीसाधनको भिड लागेको छ।

नाडा अटो शो मा चिनियाँ विद्युतीय कार निर्माता कम्पनी स्काईवेलले नाडा अटो शोलाई लक्षित गरेर विशेष छुट सहितको मूल्य सूची सार्वजनिक गरेको छ । कम्पनीले आज मङ्गलबारदेखि भृकुटीमण्डप सुरु भएको नाडा अटो शो अवधिभरका लागि भन्दै आफ्ना तीन ओटा मोडेलका ईभीको मूल्य सार्वजनिक गरेको हो ।

‘स्काइवेल’को आधिकारिक विक्रेता जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलालका  अनुसार नेपालमा भएका विद्युतीय गाडी (ईभी) मध्ये एकचोटि चार्ज गर्दा सबैभन्दा लामो दुरीसम्म गुड्ने दाबी गरिएको गाडी हो ‘स्काइवेल’नै हो । उनी भन्छन्,अटोप्रेमीले यस मेलामा नयाँ मोडेल, प्रविधि र अटो क्षेत्रका नवीनतम प्रवृत्तिको खोजी गर्न सक्छन् । साथै नयाँ ब्रान्डबारे जानकारी लिन तथा वित्तीय विकल्पबारे समेत प्रदर्शनीबाट लाभ उठाउन सक्छन् ।

त्यस्तै ,अटो शोमा नियमितसँगै १२ नयाँ ब्रान्डका सवारीसाधन पहिलो पटक सार्वजनिक भएका छन्। यो सो ६ दिनसम्म चल्ने छ। यस अवधिमा २४ वटा चार–पाङ्ग्रे ब्रान्ड सहभागी छन्।

प्रदर्शनमा हालै नेपाल भित्रिएर कार पारखीहरूमाझ लोकप्रिय बन्दै गएको स्काइवेलसँगै अन्य ब्रान्डका विद्धुतिय कारहरू समेत प्रदर्शनमा राखिएको छ।सार्वजनिक यातायातका रूपमा प्रयोग गरिने कमर्सियल भ्यान, माइक्रो बस, २५ लाखदेखिका विध्धुतिय कार, दुई पाङ्ग्रे सवारीसाधनहरू मेलामा राखिएका छन्।

“शोमा हलुका व्यावसायिक गाडीसहित विभिन्न ५५ ब्रान्डका गाडी प्रदर्शनीमा सहभागी छन् ।”

त्यस्तै , गाडी किन्नेका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि सेवा शुल्कमा छुट तथा ब्याजदरमा छुट दिने अफर सञ्चालन गरेका छन् । शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्था मेलामा सहभागी छन् । हरेक वर्ष आयोजना हुने यो सवारीसाधन मेलामा बैंकहरूले समेत सवारी कर्जाको आकर्षक अफर प्रस्तुत गर्दै स्टल राख्दै आएका छन् ।

गाडी खरिद गर्न चाहनेलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आकर्षक अफर सहितका कर्जा योजना ल्याएका छन् । सोही अनुसार बैंकले पनि विद्युतीय र इन्धनबाट चल्ने सवारीका लागि फरक–फरक अफर ल्याएका छन् ।

त्यस्तै , शोका लागि नै भनेर बैंकहरूले कर्जाको सेवा शुल्क र ब्याजदर छुट, कर्जा अवधि लगायत विशेष अफर ल्याउने गरेका छन् । यस वर्ष शोमा बैंकहरूका आठ स्टल छ भने एउटा बीमा कम्पनीको स्टल छ । अटो शो १६ भदौसम्म चल्ने छ ।


‘पठाओ दसैँ महोत्सव २०८१’ सुरू, बम्परमा होण्डा साइन मोटरसाइकल  साथै १ प्रतिशत कमिसन अफर

‘पठाओ दसैँ महोत्सव २०८१’ सुरू, बम्परमा होण्डा साइन मोटरसाइकल साथै १ प्रतिशत कमिसन अफर

वि.सं.२०८१ असोज २ बुधवार ११:१९

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ...

सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि५ मेयर हमालले गरे खरिद

सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि५ मेयर हमालले गरे खरिद

वि.सं.२०८१ असोज १ मंगलवार २१:२०

काठमाडौं । सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि५,जि मोटर्स...

आइसरले ल्यायो ‘दशैंको हर्ष, आइसरको वर्ष’ योजना

आइसरले ल्यायो ‘दशैंको हर्ष, आइसरको वर्ष’ योजना

वि.सं.२०८१ असोज १ मंगलवार १५:०९

काठमाडौं । कर्मसियल भेहिकलमा विगत ४० वर्षदेखि नेपालको व्यावसायिक सवारीको...

खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गर्दा NAMMI 01 E3 EV Car जित्न सक्ने

खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गर्दा NAMMI 01 E3 EV Car जित्न सक्ने

वि.सं.२०८१ असोज १ मंगलवार १५:०१

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो खल्तीफुल...

इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

वि.सं.२०८१ असोज १ मंगलवार १४:५५

काठमाडौं । इसेवाले यसपालीको दशै-तिहार र छठ पर्व लक्षित गरेर...

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:०४

काठमाडौं । होन्डा दुईपांग्रे सवारीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो...