back

बैंकहरूले न्यून ब्याजदरमै लोन उपलब्ध गराउन थाले, ईभी गाडीलाई प्राथमिकता, कुन बैंकको कर्जा कति?

ईभी सवारी किन्ने योजना बनाउँदै हुनुहुन्छ ?

काठमाडौं । के तपाईं ईलेक्ट्रिकल भेइकल (ईभी) अर्थात् विद्युतीय सवारी साधन किन्दै हुनुहुन्छ वा ईभी सवारी किन्ने योजना बनाउँदै हुनुहुन्छ ? विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकहरूले ईभी कर्जामा न्यून ब्याजदरमै लोन उपलब्ध गराउन थालेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमै सवारी कर्जा प्रदान गर्ने भएको छ । बैंकले चाडपर्वलाई मध्येनजर गर्दै ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । जुन ब्याजदर बैंकिङ क्षेत्रमा सबैभन्दा कम हो ।

मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्नेछ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । यो योजना भदौ कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ । यो योजनाअन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभरि ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ दिनभित्र कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।

पछिल्लो तथ्याङ्क अनुसार बैंकको आधार दर ६.७१ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी कर्जा प्रवाह गर्दा आधार दरमा ५ वर्ष अवधिका लागि १.२५ प्रतिशत र ७ वर्ष अवधिका लागि १.४५ प्रतिशत प्रिमियम दर निर्धारण गर्नेछ । अन्य समयमा भने बैंकले विद्युतीय सवारी साधन कर्जा प्रवाह गर्दा बैंकले ७ वर्ष अवधिसम्म ९ प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय सवारी साधन कर्जा प्रवाह गर्दा आधार दरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर ७.६९ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिएर विद्युतीय सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकलाई एनआईएमबीले ८.८२ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ ।

नेपाल बैंकले विद्युतीय सवारी कर्जाका लागि आधार दरमा १.५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकले ७ वर्ष अवधिका लागि १.५ प्रतिशत प्रिमियममा ईभी लोन प्रदान गर्ने भएको हो । बैंकको आधार दर ७.९७ प्रतिशत रहेको छ । साथै ८० प्रतिशतसम्म फाइनान्सको पनि सुविधा रहेको बैंकले जनाएको छ ।

एनएमबी बैंकले विद्युतीय सवारी साधन खरिद गर्नका लागि आधार दर ८.४२ प्रतिशतमा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम २.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जामा भने बैंकले ८.९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधन कर्जा दिनेछ । बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ईभी गाडी खरिद गर्न कर्जा दिने भएको हो ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार स्थिर कर्जामा ५ वर्ष अवधिका लागि १०.१० प्रतिशत ब्याजदर तोकेको छ । ग्राहकहरूले सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविस्यतर्फ योगदान दिन सक्ने बैंक्को भनाइ छ । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्ने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकको आधार दर ८.११ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी साधन कर्जाका लागि १०.२५ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ । तर, महिलाले विद्युतीय सवारी साधन खरिद गर्न कर्जा आवेदन दिँदा ९.९९ प्रतिशत मात्रै ब्याजदर तोकेको छ ।

ग्लोबल आइएमई बैंकले नाडा अटो सोलाई मध्येनजर गर्दै विद्युतीय सवारी कर्जा प्रवाह गर्दा ७.९९ प्रतिशत ब्याजदर तोकेको छ । अन्य समयमा भने बैंकले ९.४९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रदान गर्नेछ । बैंकका अनुसार ५ वर्ष अवधिका लागि बैंकले ९.४९ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि अवधिका लागि ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार बैंकको आधार दर ८.०९ प्रतिशत रहेको छ । बैंकले सवारी कर्जामा भने १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार एभरेष्ट बैंकको आधार दर ७.२९ प्रतिशत रहेको छ । सवारी कर्जाका लागि बैंकले आधार दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३.५ प्रतिशत प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जामा भने बैंकले न्यूनतम ९.५० प्रतिशतदेखि १२.५० प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी सनराइज बैंकले अटो लोनका लागि आधार दरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारीलाई ७ वर्ष अवधिको लागि स्थिर ब्याजमा ८.९९ प्रतिशतमै स्थिर कर्जा दिने जनाएको छ ।

माछापुच्छ्रे बैंकले सवारी कर्जाका लागि आधार दर ८.२६ प्रतिशतमा न्यूनतम न्यूनतम ०.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकले सवारी खरिदका लागि स्थिर कर्जामा भने ५ वर्ष अवधिका लागि १० प्रतिशत र १० वर्ष अवधिका लागि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नबिल बैंकले आधार दर ७.६३ प्रतिशतमा १.५ प्रतिशत प्रिमियम दर तोक्नेछ । स्थिर कर्जाको ब्याजदर भने बैंकले ५ वर्ष अवधिका लागि ८.२५ प्रतिशत र ७ वर्ष अवधिका लागि ८.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपाल एसबीआई बैंकले हायर पर्चेज कर्जामा ३ वर्ष अवधिका लागि १२.५० प्रतिशत र १० वर्ष अवधिका लागि १३ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । तर, फ्लटिङ ब्याजदरमा भने बैंकले आधार दरमा ०.२५ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । बैंकको आधार दर ८.३० प्रतिशत रहेको छ ।

सानिमा बैंकको आधार दर ७.८३ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी साधन खरिद गर्न ८.४९ प्रतिशत ब्याजदरमा स्थिर कर्जा प्रदान गर्नेछ । बैंकले आधार दरमा २ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...