लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार, कति पर्छ मूल्य ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार

काठमाडौं । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी नेपाल मोटर्सले नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ ।
यस अनुसार कुनै पनि स्कुटर किन्ने ग्राहकले एमआईको ३२ इन्च स्मार्ट गुगल टीभी पाउने छन् ।
हाल विश्व कप फुटबल चलिरहेको र यसका लागि आकर्षक टीभी उपहारको रुपमा व्यवस्था गरिएको ईभी नेपाल मोटर्सले जनाएको छ ।
हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।
नेपाली व्यावसायिक घरानाको रुपमा ३० वर्ष देखि परिचित बज्र ग्रुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ ।
हाल बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थी देखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउदै आइरहेको छ ।
यी स्कुटरमा विश्व प्रसिद्ध बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ ।
ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन् ।
स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ ।
नेपालभर रहेका विभिन्न शोरुमहरुबाट सो स्कुटर बिक्रीका लागि उपलब्ध भएको बज्र ग्रुपका एजीएम एनके शरदले बताए ।

प्रकाशित समय : ११:०९ बजे