back
nactional

अब बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने

काठमाडौं । बागमती प्रदेशले पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

ट्रायलको ७० अंकको व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत बुधबार बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण यातायात कार्यालयलाई परिपत्र गरेको हो ।

योसँगै आगामी आइतबार (मंसिर १८ गते) संघीय राजधानी समेत रहेको काठमाण्डौंको चावहिल स्थिति यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी रहेको बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिए ।

१८ गतदेखि नै ट्रायल परीक्षामा ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याइने भएता पनि प्राविधिक तयारीका लागि अन्य यातायात कार्यालयहरू क्रमशः कार्यान्वयनमा जाने अधिकारीले बताए ।

उसो त यसअघि नै यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्याविधि निर्देशका, २०७७ को व्यवस्था गर्दै सबै प्रदेशहरूलाई ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याउन भने पनि बागमती प्रदेशले भने कार्यान्वयनमा ढिला गरिरहेको थियो ।

तर, अन्य प्रदेशहरूले भने यसअघि नै ट्रायल परीक्षाको ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याइसकेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...