back

आज देखि लागू हुने गरी अटो लोनको नयाँ दर सार्वजनिक

काठमाडौं। बैंकहरुले आज भदौ १ देखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेका छन् । बैंकहरुले आफूले प्रदान गर्ने ब्याज दरका साथै बैंकले ऋण प्रदान गर्दा लिने ब्याज दर समेत सार्वजनिक गरेका छन् । अ

धिकांश बैंकहरुले आफूले दिने अटो लोन र यसको दर समेत सार्वजनिक गरेका छन् ।

आज देखि लागू हुने गरी यसरी ब्याज दर सार्वजनिक गरेका बैंकहरुले सामान्यतः प्रतिवर्ष १५ प्रतिशत सम्मको अटो लोन दिने गरी ब्याज दर सार्वजनिक गरेका छन् ।

हाल बैंकहरुले कर्जा स्थिर हुने र परिवर्तन हुने गरी दुई प्रकारले अटो लोन दिने गरेको पाइन्छ । त्यसैगरी निजी र कमर्सियल सवारी साधनका लागि पनि छुट्टाछुट्टै ब्याज दर लिने गरेका छन् ।

धेरै बैंकहरुले आफ्नो बेस रेट र त्यसमा थप गरेर ब्याज दर तोक्ने गरेका छन् भने स्थिर ब्याज दरमा भने निश्चित प्रतिशत नै ब्याज दर तोक्ने गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले यसरी गाडी कर्जा प्रदान गर्दा बेस रेटमा ५ प्रतिशत सम्म थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । हाल बैंकको बेस रेट ७.८६ प्रतिशत छ । यसका आधारमा बैंकले गाडी कर्जाका लागि १२.८६ प्रतिशत सम्म ब्याज लिनेछ । त्यसैगरी स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि १३.५० प्रतिशत दर तोकेको छ ।

लक्ष्मी बैंकले भने यसका लागि बेस रेटमा ६ प्रतिशत सम्म जोडेर ब्याज दर लिनेछ । हाल यसको बेस रेट ९.९९ प्रतिशत भएकाले १५.९९ प्रतिशत सम्म ब्याज दर हुनेछ । बैंकले स्थिर ब्याज दरमा भने १३.९९ देखि १५.९९ प्रतिशत सम्म ब्याज दर लिने बताएको छ ।

यसैगरी अन्य बैंकहरुले समेत निकालेको ब्याज दर हेर्दा सामान्यतः १५ प्रतिशतको हाराहारीमा अटो लोन उपलब्ध हुनेछ । केही वर्ष पहिले सम्म करिव ८ प्रतिशतकै हाराहारीमा रहेको अटो लोनको ब्याज दर हाल निकै नै बढेको पाइन्छ ।

यद्यपि यति धेरै ब्याज दर बढ्दा पनि बैंकमा गाडी किन्नका लागि अटो लोन सहज रुपमा उपलब्ध हुने वातावरण भने छैन । बैंकहरुले भविष्यको बजार हेरेर र नियमित कार्यका लागि मात्र सो दर सार्वजनिक गरेको भन्न सकिन्छ । हाल बैंकहरुले अटो लोनका लागि उपलब्ध गराउने रकमकै अभाव छ भने यसमा सरकारको नीतिले पनि भूमिका खेलेको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिलाई बढाउने भनेर सवारी साधनकै आयातमा रोक लगाएको छ । यसका लागि राष्ट्र बैंकले समेत कडाई गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।

त्यसैगरी बैंकहरुमा पर्याप्त तरलताको अभाव छ । यसले गर्दा कुनै ग्राहकले बैंकमा अटो लोनका लागि धाउदा रकम नै नपाउने अवस्था छ ।

कुनै पनि सवारी साधन किन्नका लागि मानिसले अटो लोन लिनै पर्छ । पुरै रकम तिरेर सवारी साधन किन्ने मानिस कमै हुन्छन् । यो अवस्थामा अटो लोन नै नपाइने कारण हाल बजारमा स्टक रहेका गाडी समेत बिक्री हुन सकेका छैनन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...