back
skip this Samagra

आज देखि लागू हुने गरी अटो लोनको नयाँ दर सार्वजनिक

काठमाडौं। बैंकहरुले आज भदौ १ देखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेका छन् । बैंकहरुले आफूले प्रदान गर्ने ब्याज दरका साथै बैंकले ऋण प्रदान गर्दा लिने ब्याज दर समेत सार्वजनिक गरेका छन् । अ

धिकांश बैंकहरुले आफूले दिने अटो लोन र यसको दर समेत सार्वजनिक गरेका छन् ।

आज देखि लागू हुने गरी यसरी ब्याज दर सार्वजनिक गरेका बैंकहरुले सामान्यतः प्रतिवर्ष १५ प्रतिशत सम्मको अटो लोन दिने गरी ब्याज दर सार्वजनिक गरेका छन् ।

हाल बैंकहरुले कर्जा स्थिर हुने र परिवर्तन हुने गरी दुई प्रकारले अटो लोन दिने गरेको पाइन्छ । त्यसैगरी निजी र कमर्सियल सवारी साधनका लागि पनि छुट्टाछुट्टै ब्याज दर लिने गरेका छन् ।

धेरै बैंकहरुले आफ्नो बेस रेट र त्यसमा थप गरेर ब्याज दर तोक्ने गरेका छन् भने स्थिर ब्याज दरमा भने निश्चित प्रतिशत नै ब्याज दर तोक्ने गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले यसरी गाडी कर्जा प्रदान गर्दा बेस रेटमा ५ प्रतिशत सम्म थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । हाल बैंकको बेस रेट ७.८६ प्रतिशत छ । यसका आधारमा बैंकले गाडी कर्जाका लागि १२.८६ प्रतिशत सम्म ब्याज लिनेछ । त्यसैगरी स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि १३.५० प्रतिशत दर तोकेको छ ।

लक्ष्मी बैंकले भने यसका लागि बेस रेटमा ६ प्रतिशत सम्म जोडेर ब्याज दर लिनेछ । हाल यसको बेस रेट ९.९९ प्रतिशत भएकाले १५.९९ प्रतिशत सम्म ब्याज दर हुनेछ । बैंकले स्थिर ब्याज दरमा भने १३.९९ देखि १५.९९ प्रतिशत सम्म ब्याज दर लिने बताएको छ ।

यसैगरी अन्य बैंकहरुले समेत निकालेको ब्याज दर हेर्दा सामान्यतः १५ प्रतिशतको हाराहारीमा अटो लोन उपलब्ध हुनेछ । केही वर्ष पहिले सम्म करिव ८ प्रतिशतकै हाराहारीमा रहेको अटो लोनको ब्याज दर हाल निकै नै बढेको पाइन्छ ।

यद्यपि यति धेरै ब्याज दर बढ्दा पनि बैंकमा गाडी किन्नका लागि अटो लोन सहज रुपमा उपलब्ध हुने वातावरण भने छैन । बैंकहरुले भविष्यको बजार हेरेर र नियमित कार्यका लागि मात्र सो दर सार्वजनिक गरेको भन्न सकिन्छ । हाल बैंकहरुले अटो लोनका लागि उपलब्ध गराउने रकमकै अभाव छ भने यसमा सरकारको नीतिले पनि भूमिका खेलेको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिलाई बढाउने भनेर सवारी साधनकै आयातमा रोक लगाएको छ । यसका लागि राष्ट्र बैंकले समेत कडाई गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।

त्यसैगरी बैंकहरुमा पर्याप्त तरलताको अभाव छ । यसले गर्दा कुनै ग्राहकले बैंकमा अटो लोनका लागि धाउदा रकम नै नपाउने अवस्था छ ।

कुनै पनि सवारी साधन किन्नका लागि मानिसले अटो लोन लिनै पर्छ । पुरै रकम तिरेर सवारी साधन किन्ने मानिस कमै हुन्छन् । यो अवस्थामा अटो लोन नै नपाइने कारण हाल बजारमा स्टक रहेका गाडी समेत बिक्री हुन सकेका छैनन् ।

 


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...