back

इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री, यस्ता छन् फिचर

nactional life

काठमाडौं ।भल्वो एक्ससी४० रिचार्ज इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री भएको छ । सो कारको मूल्य ५५ लाख ९० हजार भारु राखिएको छ ।

भल्वो एक्ससी४० रिचार्ज कार सबैभन्दा सस्तो लक्जरी इलेक्ट्रिक कार हो । हालको लागि सो कारको १५० युनिट मात्र लन्च गरिएको छ । कम्पनीले भल्वो एक्ससी४० रिचार्ज २ घण्टामा १५० युनिट बिक्री भएको जानकारी दिएको छ । सो इलेक्ट्रिक कार सबैभन्दा छिटो बिक्री भएको कम्पनीको दाबी छ । हाल सो कारको स्थानीय रूपमा एसेम्बल भइरहेको छ ।

सो इलेक्ट्रिक एसयूभीमा ७८ केडब्ल्युएचको लिथियम आयोन ब्याट्री प्याक प्रयोग गरिएको छ । भल्वोले एक पटक चार्जमा ४०० किलोमिटरको दुरी पार गर्न सक्ने दाबी गरेको छ ।

साथै यसलाई १५० किलोवाटको डीसी फास्ट चार्जरबाट मात्र ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भल्वो एक्ससी४० रिचार्जको डेलिभरी अक्टोबर २०२२ मा सुरु हुनेछ ।

सो कारमा प्यानोरामिक सनरुफ, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, टेलगेटमा ह्यान्ड्स–फ्री फङसन, टु–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, १९ इन्चको अलोय ह्विल, लेदर अपहोल्स्ट्री, एलईडी हेडलाइट र टेललाइट जस्ता फिचर दिइएको छ ।

सेफ्टीको लागि ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटर, ब्लाइन्ड स्पट मोनिटर, क्रस ट्राफिक अलर्ट, अटो पार्किङ, इनकमिङ लेन मिटिगेसन, रोड साइन रिकग्निसन र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर समावेश गरिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...