back

३ वर्षमा कियाले भारतमा उत्पादन गर्यो ६ लाख ३४ हजार कार: ५ लाख युनिट बिक्री

काठमाडौं । कियाले भारतमा सवारी साधन उत्पादन थालेको ३ वर्ष पुरा भएकोे छ । यो अवधीमा उसले ६ लाख ३४ हजार कार उत्पादन गरेको छ भने भारतमा मात्र ५ लाख युनिट बिक्री गर्न सफल भएको छ । उसले सन् २०१९ को अगष्टदेखी भारतमा उत्पादन थालेको थियो ।

सेल्टोस एसयुभीमार्फत भारतीय बजारमा यात्रा थालेको यो व्रान्डले हाल सोनेट र क्यारेन्सको समेत उत्पादन गरीरहेको छ । यी तीनवटै मोडल भारत लगायत अन्य राष्ट्रमा सफल भैरहेका छन् ।

नेपालमा भने सेल्टोस र सोनेटमात्र उपलब्ध छन् भने क्यारेन्सको माग भारतमै थेगिनसक्नु भएका कारण नेपाल आउन सकिरहेको छैन । यी दुई मोडलले नेपाली एसयूभी बजारमा राम्रो पकड बनाइरहेको छ ।

कियाको बिक्रीमा सेल्टोस एक्लैको योगदान ५९ प्रतिशत भन्दा बढी रहेको जनाइएको छ । यसैगरी सोनेटको ३२ प्रतिशत र ५ महिनाअघिमात्र लन्च गरिएको क्यारेन्सले ६.५ प्रतिशत हिस्सा ओगट्न सफल भएको कम्पनीले बताएको छ ।

भारतमा यो ब्रान्डका २२५ सहरमा ४ सय हाराहारी शोरुम संचालनमा रहेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७० प्रतिशतले बिक्री वढ्ने आँकलन गरिएको छ । यो एसयुभीले हुन्डाई क्रेटा लगायत अन्य ब्रान्डका कम्प्याक्ट एसयूभीलाई कडा टक्कर दिइरहेको छ ।

नेपाली बजारमा पनि कियाका एसयूभी लोकप्रिय वनिरहेका छन् । यो सेग्मेन्टमा हुन्डाई क्रेटापछि दोस्रो सर्बाधिक बिक्री हुने मोडलका रुपमा स्थापित वनिरहेको सेल्टोसलाई एसयूभी पारखीले रुचाउन थालेका हुन् ।

यसैगरी सोनेटले पनि यो सेग्मेन्टमा लोकप्रियता हाँसिल गरिरहेको छ । नेपालमा यो ब्रान्डको १ दर्जन बढी स्थानमा सोरुम र बिक्री पछिको सेवा उपलब्ध गराउने नेटवर्क संचालन भैरहेको छ ।


गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:१२

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी...

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...