back

फोर्स गुर्खा नेपाली बजारमा, कति पर्छ मूल्य ?,के के छन् सुविधा ?

गुर्खाको डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट

nactional life

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी फोर्स गुर्खा को नेपाली बजारमा वितरण शुभारम्भ गर्ने भएको छ । नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण गरेको आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापा बताउछन् । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो । ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्ममा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ ।

लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ ।मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ ।

यस गाडीको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ग्राउण्ड क्लेरेन्स २०५ एमएम रहेको छ । निकै आकर्षक देखिने यस कारको विभिन्न ५ वटा रङगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

भारतमा निर्मित यस कारले प्रतिलिटर १२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ । अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खाको डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए ।

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खा को वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ। साथै ग्राहकहरुले चार पटक सम्म निस् शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन। दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खा को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...