back

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा केही भ्रमहरु सिर्जना भइरहेको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख भएपनि सहकारी क्षेत्रका बारेमा भ्रमित पार्न नराम्रा भाष्य खडा गर्न खोजिएको बताएका हुन् ।

उनले भने, ‘अहिले सहकारी क्षेत्रमा केही भ्रमहरु सिर्जना भइरहेको छ । भ्रमित पार्न त्यस्तो भाष्य खडा गर्न खोजिएको छ । सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बाको एक खम्बा हो । आधारभूत तहमा आर्थिक उपार्जन गर्ने र व्यवसाय सञ्चालन गर्दै आर्थिक उन्नती गर्ने एउटा क्षेत्र हो । सहकारी क्षेत्र राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख क्षेत्र हो । यसलाई सबैले सकरात्मक पाटोबाट अगाडि बढाउने, प्रचार गर्ने र त्यसको सन्देश लाने गयौं भने कतिपय गलत गर्ने व्यक्तिहरु पनि हच्किने परिस्थती सिर्जना हुन्छ ।’

साथै उनले सहकारीमा बचतकर्तालाई बचत नगर्नुस् भन्ने जस्ता प्रचार गरिएका र त्यसलाई सबैले खबरदारी गर्न जरुरी रहेको बताए । उनले नेपालमा भएका ३१ हजार ४ सय सहकारी नै खराब छन् भन्ने भाष्य सिर्जना गरिएको बताए ।

उनले भने, ‘गलत गर्ने मान्छेहरुलाई हाइलाइट गर्यौं भने प्रोत्साहित हुन्छन् र अरु सहि काम गर्नेहरु निरुत्साहित हुन्छन् । सहकारी ३१ हजार ४ सय जति छन् । त्यसको तथ्यांक निकाल्दा कोही नविकरण नगरेका होलान् । तर त्यो मध्ये कतिले साच्चै गलत गरेका होलान् । त्यो हेर्दै जाने हो भने एक हजारको संख्या पनि पुग्दैन होला । तर ३१ हजार ४ सय नै खराब हुन भन्ने भाष्य सिर्जना गरिएको छ । बचतकर्तालाई बचत नगर्नुस् भन्ने जस्ता प्रचार गरिएका छन् । त्यसलाई सबैले खबरदारी गर्न जरुरी छ ।’


३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:२७

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा...

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५५

काठमाडौं । नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको...

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२४

बनेपा । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको...

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

वि.सं.२०८१ चैत २७ बुधवार १५:००

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

रामेछापका ३५ सहकारी सम्पर्कविहीन

रामेछापका ३५ सहकारी सम्पर्कविहीन

वि.सं.२०८१ फागुन २५ आइतवार १३:४३

रामेछाप । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा....

यो बर्ष आँप र लिचिको उत्पादन बढ्ने अपेक्षा

यो बर्ष आँप र लिचिको उत्पादन बढ्ने अपेक्षा

वि.सं.२०८१ फागुन १९ सोमवार ११:४८

रौतहट-  मधेस प्रदेशका आठ जिल्ला आँप र लिचिको लागि पकेट...