back

तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत्र १५ गते तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था गुहारेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैै संस्थाका संयोजक नवराज सुवेदीले संयुक्त राष्ट्र संघ क्षेत्रीय मुख्यालय, जेनेभा, स्विट्जरल्याण्डका उच्चायुक्त भोल्कर टर्कलाई पत्र लेख्दै अनुसन्धानको माग गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा उच्चायुक्तलाई लेखिएको पत्र समेत पढेर सुनाइएको थियो ।

मानव अधिकार र जनताको लोकतान्त्रिक अधिकारको विपरीत, कार्यक्रम औपचारिक रूपमा सुरु हुनुभन्दा अगाडि नै सुरक्षा बलहरूले शान्तिपूर्ण कार्यक्रमलाई क्रूरतापूर्वक दमन गरिएको पत्रमा उल्लेख छ । निहत्था नागरिकहरू र शान्तिपूर्ण राजनीतिक भेलामा सुरक्षा बलहरूले गरेको असंगत र मनमानी बलको प्रयोग गरेको पत्रमा जनाइएको छ ।

‘नेपालमा विगतमा धेरै राजनीतिक प्रदर्शन, आन्दोलन, दंगा, राजनीतिक असहमति र राजनीतिक परिवर्तनहरू भएका छन्, तर तीनकुनेमा अत्यधिक बल र बन्दुकको प्रयोग अभूतपूर्व छ । आजसम्म कुनै पनि सरकारले विश्वव्यापी रूपमा स्थापित मानव अधिकारको घोर उल्लङ्घन र लोकतान्त्रिक अधिकारलाई कमजोर पार्ने हदसम्म पुगेको छैन,’पत्रमा उल्लेख छ ।

म मरेपनि आन्दोलन रोकिदैन् : नवराज सुवेदी
सोही क्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले तीनकुने घटनामा मानवता र प्रजातान्त्रिक अधिकारको अपमान भएकाले न्यायिक जाँच गर्नुपर्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले बैशाख १५ गतेदेखि राप्रपाले आन्दोलनको घोषणा गरेकाले सो आन्दोलनमा आफूहरु समाहित हुने पनि बताए ।

‘१५ गते म अर्धमुर्छित अवस्थामा भएँ । घरमा गएपछि तीन दिनसम्म शारीरिक रुपमा कठिन भएको थियो । जुन दिन घटना घट्यो त्यही दिन डिएसपीको टोली घरको बेडमै पुगेर नजरबन्दमा पारेको हो । तर मलाई थुनेर मात्र होइन म मरेपनि राजतन्त्रका लागि लडिरहन्छु,’ उनले भने । उनले राजसंस्थाको स्थापना नभएसम्म, बहुदलीय प्रजातन्त्र स्थापना नभएसम्म, संघीयता खारेज नभएसम्म र हिन्दुराष्ट्र नभएसम्म आन्दोलन नरोकिने जिकिर गरे ।

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...