back

नेपालमा कियाको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक हुँदै

nactional life

काठमाडौँ । कोरियाली अटो निर्माता कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ। कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो।

कारको हकमा ‘द लार्जेस्ट हाइब्रिड एसयूभी’ शब्दमा मात्र सीमित नभएर यसले पारखीलाई उत्साहित पनि गर्न सक्नुपर्छ। कियाले आफ्नो ७ सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा उक्त अवधारणालाई निकै दमदार तरिकाले लागू गरेको छ।

विगत हेर्ने हो भने किया एसयूभीहरु कीर्तिमानी बिक्रीका साथ बजारमा प्रभाव जमाउँदै भविष्यतर्फ अग्रसर भएको देखिन्छ। नयाँ किया सोरेन्टो हाइब्रिड सडक ओगट्नेमात्र नभएर आम कल्पनाभन्दा बाहिरको वातावरणीय पहल पनि हो।

२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिन्छ। स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा हरित विकल्प पनि हो।

यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टीएमईडी संरचनामा आधारित छ, जुन तारमार्फत फुल गियरबक्समा परिवर्तन हुन्छ र ड्राइभिङलाई रोमाञ्चकारी बनाउँछ। नयाँ सोरेन्टोमा अतुलनीय शक्तिमात्रै छैन, यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ।

नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्न विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ। सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ। गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ।

सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई भरपूर सुरक्षा सुनिश्चित गर्दछन्। नयाँ सोरेन्टो हाइब्रिडमा असाधारण ड्राइभ मोडहरु छन्। यसलाई सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ। जसले सडकमा अतुलनीय रोमाञ्चकता प्रदान गर्दछ।

२०२१ किया सोरेन्टोमा इन्जिन र हाइब्रिड प्रविधि मात्र छैन यसको बाहिरी आवरण ज्यादै चित्ताकर्षक छ। इन्टेरियर उस्तै मोहक छ। अघिल्लो भागमा मानक नै मान्न सकिने फराकिलो र बृहत् ग्रिलसँग एलईडी लाइटको संयोजन छ।

सातवटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता छन्। जसले यसका चारवटै चक्का जमिनमा गाडिए जस्तै गरी यसका यात्रुलाई उच्चतम सुरक्षा प्रदान गर्दछन्।

१२।३ इन्चको अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र त्रुटिरहित एवं पढ्न सजिलो डिस्प्लेले किया सोरेन्टोको स्क्रिनलाई अझ उन्नत बनाएको छ। ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजीले इन्स्ट्रूमेन्ट क्लस्टरमा लेन एडजस्टमेन्टको प्रत्यक्ष भिडियो दृश्य देखाउँछ। मोडिने सिग्नल बाल्दा यो एक्टिभेट हुन्छ। नाप्पा लेदरमा चम्किएको इन्टेरियरले यसलाई सेग्मेन्टकै प्रिमियम इन्टेरियरमध्येको एक बनाएको छ। मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिट, २०२१ सोरेन्टोलाई लक्जरियस एसयुभी बनाउने केही फिचर्स हुन्।

ठूलो र भीमकाय बडी साइज, आक्रामक तथा संयमित देखिने अग्रभाग, बिफिएर १९ इन्चको अलोय ह्विल, डुअल एलईडी प्रोजेक्सन हेडल्याम्प्स, फुल पानोरमिक सनरुफ र सार्पर बडी लाइन्सजस्ता विशेषताले सबै ठूला एसयूभीजस्तै अल न्यू सोरेन्टो पनि भीडमा शानदार रुपमा प्रस्तुत हुन्छ। २८१० एमएमको ह्विलबेसका कारण गाडी भित्रका यात्रु आरामपूर्वक यात्रा गर्न सक्छन्। विद्युतीय तत्वहरुले यो हाइब्रिडलाई अझ राम्रो बनाएका छन्। विद्युतीय पावरट्रेनको सहयोगले सडक र पम्प दुवैमा निकै भिन्नता ल्याउँछ।

नयाँ सोरेन्टो हाइब्रिड एसयूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन्। किया सोरेन्टो इको हाइब्रिडको मूल्य १ करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

२०७८ असोज ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...