back
himalayan life

आजदेखि साहस उर्जाको आईपीओ बिक्री खुला

काठमाडौँ । साहस उर्जा लिमिटेडले आज (असोज ६ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ बिक्रि गर्न लागेको हो । ।जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने समयावधि थप हुनेछ । यद्यपी पछिल्लो समय आइपीओ आवेदन नपर्ने र पछिल्लो समयसम्म आवेदन दिन पाईन्छ कि भन्ने अवस्था भने छैन ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता लागि र अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...