back
himalayan life

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड सम्पन्न

काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गते देखि १० गतेसम्म विक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड गरेको छ ।

क्यापिटलले भदौ २३ गते १२ करोड ५० लाख इकाई बाँडफाँट गरेको हो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले धितोपत्रबोर्डले जारी निर्देशिका बमोजिम योजनाको आकारमा २५ प्रतिशत इकाई थप गरी बाँडफाँट गरिएको क्यापिटलको जनाएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गरेको थियो । फण्डको कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा १ करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।

बाँडफाँटका क्रममा भने २५ प्रतिशत अर्थात् २ करोड ५० लाख कित्ता थप गरी १२ करोड ५० लाख कित्ता इकाई वितरण गरिएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था थियो ।

धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रितपूर्वक प्राप्त आवेदनमध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १ लाख ५५ हजार ८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको, ५ लाख देखि १ करोड इकाई सम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकि रहेको २९० इकाई ३४ जनामध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथामार्फत थप १० इकाई बाँडफाँड गरिएको छ ।

सामुहिक लगानीकोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरीदकालागि आवेदन परेको छ, जुनबिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २।३७ गुणा बढी आवेदन परेको हो ।

२०७८ भदौ २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...