साधना लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०७८ भदौ २५ शुक्रवार

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको लागि लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार साँझ बसेको संचालक समितिको ९७ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संचालक समितिले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँको २५ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
यसरी कम्पनीले २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँ बराबरको बोनस सेयर र ३३ लाख ८१ हजार ३२१ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भइसकेपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
प्रस्तावित लाभांश कार्यान्वयनमा आएको खण्डमा संस्थाको चुक्तापूँजी ३२ करोडभन्दा माथि पुग्नेछ ।
२०७८ भदौ २५ गते प्रकाशित

प्रकाशित समय : ११:२८ बजे