सानिमा माई हाइड्रोले घोषणा गर्यो चालु आर्थिक वर्षका लागि लाभांभ घोषणा
वि.सं.२०७८ भदौ २५ शुक्रवार
काठमाडौँ । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले यो वर्षका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यसैगरी, कम्पनीले कार्तिक ११ गते वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२०७८ भदौ २५ गते प्रकाशित
प्रकाशित समय : १२:३७ बजे





















