नेप्सेमा थपियो ३ कम्पनीका ५६ लाख बढी कित्ता सेयर
वि.सं.२०७८ भदौ १६ बुधवार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नागरिक लगानी कोष र स्वावलम्बन लघुवित्तको बोनस सेयर तथा समृद्धि फाइनान्सको हकप्रद सू्चीकृत भएको हो। यी कम्पनीको कुल ५६ लाख २६ हजार ७२४.१६ कित्ता सेयर सूचीकत भएको छ।
नेप्सेमा नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ। कोषले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यसैगरी स्वावलम्बन लघुवित्तको १५ लाख ६ हजार ६.१६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तले सेयरधनीहरुलाई १९.००५६ प्रतिशतबराबरको बोनस सेयर वितरण गरेको थियो।
यस्तै नेप्सेमा आज समृद्धि फाइनान्सको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। यो फाइनान्सले आफ्ना सेयरधनीहरुका लागि १ः२ अनुपातमा हकप्रद जारी गरेको थियो।
२०७८ भदौ १६ गते प्रकाशित
प्रकाशित समय : १७:३६ बजे






















