back

दूध बिक्रीमा किसानलाई ७९ लाख अनुदान वितरण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले रु ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख सुशील अर्यालले बताए।

अर्यालका अनुसार नगरका विभिन्न वडामा आठ सय २१ पुरुष र तीन सय ५८ महिला गरी कूल एक हजार एक सय ७९ जना किसान लाभान्वित भएका छन् ।

“समूह, सहकारी तथा सङ्कलन केन्द्रहरुमा आबद्ध भएका किसानसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छौँ,” शाखाप्रमुख अर्यालले भने, “उहाँहरुले संस्थामार्फत दूध बिक्री गर्नुहुन्छ र बिक्री भएको दूधका आधारमा प्रतिलिटर रु १५ का दरले किसानलाई सङ्कलन केन्द्रमार्फत एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ ।”

सङ्कलन केन्द्रमा दूध बिक्री गरेका एक हजार एक सय ७९ जना किसानलाई पाँच लाख ३३ हजार तीन सय २८ लिटर दूधको प्रतिलिटर रु १५ का दरले गत आवमा उक्त रकम अनुदानस्वरुप वितरण गरेको हो ।

दूध उत्पादक किसानलाई नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ बाट उत्पादनमा प्रतिलिटिर रु १५ अनुदान दिन सुरु गरेको थियो । दूग्ध विकास संस्थानले निर्धारण गरेबमोजिमको मूल्यमा सङ्कलन केन्द्रमा दूध उपलब्ध गराउने किसानलाई मात्रै नगरपालिकाले अनुदान दिने गरेको हो ।

यहाँ उत्पादन भएको दूध सङ्कलन केन्द्रमार्फत बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा र केही गल्याङ तथा स्थानीय बजारमा खपत हुने गरेको शाखाप्रमुख अर्यालले बताए । नगरपालिकाले अनुदान, पशुधन बीमा तथा लागत साझेदारीका कार्यक्रमहरु अगाडि बढाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा पशु सुरक्षण बीमाका लागि रु २० लाख अनुदान दिएको थियो जसमा एक हजार दुई सय पाँच जना किसान लाभान्वित भएका थिए ।

किसानहरुलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्नका लागि नगरस्थित बैंक तथा सहकारी संस्थाहरुसँग समन्वय गरी कृषि कर्जामा चार प्रतिशत व्याजदरमा अनुदान उपलब्ध गराएको थियो । व्याज अनुदानमा नगरपालिकाले गत आवमा १५ लाख विनियोजन गरेको थियो । उक्त ऋणमा प्रत्यक्ष दुई सय ८१ जना लाभान्वित भएका थिए ।

गल्याङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउँदै किसानको आर्थिकस्तर उकास्नका लागि पशुपालनमा जोड दिएको नगरप्रमुख भूपराज अधिकारीले बताए। गल्याङलाई सेतो सहर र दूधको सहरका रुपमा पहिचान दिलाउने गरी गाई तथा भैँसीपालनतर्फ किसानलाई प्रेरित गरिएको प्रमुख अधिकारीले बताए ।

दूधमा प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउन थालेपछि सङ्कलन केन्द्रमा स–सानो परिमाण पनि दूध सङ्कलन हुन थालेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए ।

शर्माका अनुसार अनुदान कार्यक्रमले पशुपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको छ । दूध उत्पादन गरेर पनि बजारीकरणको समस्यामा रहेका यहाँका किसानलाई बजारको समस्या नभएपछि पनि थप आकर्षित भएका हुन् ।

२०७८ भदौ १६ गते प्रकाशित


इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १०:१९

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना...

७ करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

७ करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:००

काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै...