back
himalayan life

सीआईटीका कर्मचारी र योगदानकर्तालाई आरोग्य डाइग्नोस्टिकमा विशेष छुट

काठमाडौँ । नागरिक लगानी कोष (सीआईटी)का कर्मचारी र विभिन्न योजनाका योगदानकर्ताहरुले नयाँबानेश्वरस्थित आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा सेवा लिएबापत छुट पाउने भएका छन्।

छुट प्रदान गर्ने सम्बन्धमा सीआईटी र आरोग्यबीच बुधबार सम्झौता भएको हो। सम्झौतापत्रमा सीआईटीका कार्यकारी निर्देशक रमण नेपाल र आरोग्यका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा. राजेश देवले हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै अब सीआईटीका कर्मचारी र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारले आरोग्यमा स्वास्थ परीक्षण गर्दा छुट पाउनेछन्।

सम्झौता कार्यक्रममा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, कामु नायब निर्देशक रोशनजंग कार्की, उपनिर्देशक अमृतबहादुर अधिकारीको उपस्थिति थियो।

आरोग्यले कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याब सेवामा ३० प्रतिशत, दसैँतिहारमा ल्याब सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रासाउन्ड र ईसीजीमा २०–२० प्रतिशत, माइनर अपरेसनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एकपटक फुल बडी परीक्षणमा ५५.५६ प्रतिशत र मुख्य अपरेसन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ।

त्यसैगरी कोषका विभिन्न योजनाका योगदानकर्ता र उनीहरुको परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत, दसैँतिहारमा ल्याव सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रासाउन्ड र ईसीजीमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेसन गर्न साझेदार हस्पिटलमा विशेष छुट दिने सम्झौतामा उल्लेख छ।

यस सम्झौताले कोषमा विभिन्न योजनाहरुमा सहभागी भएका योगदानकर्ताहरुले लाभ लिन सक्ने छन्।

२०७८ भदौ १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...