कुन देशको मुद्राको विनिमय दर कति छ ?
वि.सं.२०७८ भदौ ११ शुक्रवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ४५ पैसा र बिक्री दर ११९ रुपैयाँ ०५ पैसा रहेको छ ।
आज युरोपियन युरो एकको खरिद दर १३९ पैयाँ ४८ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ७४ पैसा र बिक्री दर १६३ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ३६ पैसा र विक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिद दर ८५ रुपैयाँ ९९ पैसा र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा रहेको छ ।
क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९९ पैसा र बिक्री दर ९४ रुपैयाँ ४६ पैसा रहेको छ भने आज यता जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ७६ पैसा र बिक्री दर १० रुपैयाँ ८२ पैसा रहेको छ ।
यस्तै आज चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
यता साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५८ र बिक्री दर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर अधिकतम ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७८ भदौ ११ गते प्रकाशित
प्रकाशित समय : ११:५६ बजे





















