back
himalayan life

नेपाली बजारमा उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी नयाँ टाटा सफारी सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा ल। ले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ ।

७ सिट क्षमताको यो गाडीमा आरामदायी र उत्कृष्ट कार्यक्षमता रहेको कम्पनीले जनाएको छ । शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

ट्रोपिकल मिस्ट रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिको सौन्दर्यबाट प्रभावित रहेको पाईएको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का सोरुममार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभका लागि उपलब्ध गराइनेछ ।

‘एसयूभी नयाँ सफारी उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा फरेभर रेञ्जका गाडीको तीन आधारस्तम्भ हुन् । नेपालमा पनि यो गाडी रोजमाइमा पर्ने विश्वास छ,’ टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस प्रमुख मायांक बाल्डले भने । कम्पनीले नयाँ टाटा सफारीको सुरु मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

ओमेगा आर्किटेक्चरमा तयार पारिएको यो गाडीको डिजाइन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । भारतमा ६ महिने अवधिमै १० हजार थानभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको स्रोतले जनाएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले भन्छन् ‘नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा अर्को कोसेढुंगा हो । नेपाली ग्राहकको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यो गाडीले एसयूभी प्रयोगलाई वृद्धि गर्ने आशा छ,’ ।

२०७८ भदौ ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...