back

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व हो’

nactional life

काठमाडौँ । जी ७ का नेताहरुले अफगानिस्तानका नागरिकलाई अन्य सबैले सहयोग गर्नुपर्ने बताएका छन् । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले यतिबेला अपगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको बताएकी हुन् ।
उनले भनेकी छिन् ‘यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।’

उनले सहयोगका लागी युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएको पनि जानकारी गराइन । उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ धारणा रहेको उनले बताएकी छिन् ।

उनले भनिन्, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ ।

उनका अनुसार युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ । यसका लागि युनियनले बजेट छुट्याउने पनि उनले जानकारी दिईन ।

हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् ।

२०७८ भदौँ ९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:४९

काठमाडौं । नेपालको राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक लगानी (FDI) आर्थिक विकास,...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

वि.सं.२०८३ जेठ ६ बुधवार १५:४३

दैलेख। दैलेखको जलजले क्षेत्रमा जमिनमुनि लुकेको प्राकृतिक ग्यासको महाभण्डारले नेपालको...

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

वि.सं.२०८३ जेठ ५ मंगलवार २०:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० वटा...