back

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

nactional life

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले १ हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य सरकारको रहेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमै कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति सम्पन्न गरिनेछ ।

यस्तै, आगामी वर्ष कांकडभिट्टा–लोकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही सडकखण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढाइने भएको छ ।
साथै बागमती–पथलैया, नारायणगढ–हेटौंडा र गोरुसिङ्गे क्षेत्रमा १४ वटा सडक स्तरोन्नति आयोजना सुरु गरिने बजेटमा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा करिब एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने तथा २७५ वटा सडक पुल निर्माण गर्ने योजना समेत अघि सारेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा...

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:४१

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ...

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३७

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि...

इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’स्थापना गरिने

इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:२३

काठमाडौं । सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका...