back

नेपालगन्जमा जावा मोटरसाइकलको नयाँ शोरुम

काठमाडौँ। नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगन्जको भुजाई गाउँचोकमा आज (भदौ ७ गते) बाट जावा मोटरसाइकलको विशिष्ट शोरुम खोलेको छ।

यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगन्जमा जावाप्रेमीहरुका लागि आफ्नो लोकप्रिय मोडेलहरुमा सुलभ पहुँच प्रदान गर्नुका साथै ‘जावा लाइफ’ को अनुभव गर्ने मौका प्रदान गरेको छ।

उद्घाटन कार्यक्रममा अग्नि मोटोइंकलका महाप्रबन्धक शरद मिश्रले भने, ‘हाम्रा सबै ग्राहक र यस क्षेत्रवरपरका ग्राहकलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरुमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरुम स्थापना गरिएको हो।’

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरुले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगन्जको केन्द्र र वरिपरिका क्षेत्रमा टेस्टराइड’ का लागि पहुँच प्राप्त गर्न सक्नेछन्।

जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाइकल प्रेमीहरुका बीच एक राम्रो विकल्प बन्न पुगेको छ। यो नेपाली बजारमा अग्नि मोटोइंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरु भएका स्थानहरुमा सुलभ रूपमा उपलब्ध भइसकेको छ।

नेपालगन्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै कम्पनीले देशमा क्लासिक मोटरसाइकल वर्ग ९सेगमेन्ट०लाई पुनः परिभाषित गरिदिएको छ। जुन वास्तविक क्लासिक स्टाइलका साथ छ। जसले आधुनिक रेट्रो मोटरसाइकलहरुलाई आधुनिक प्रविधिसँग ‘प्याक’ गरिएको छ।

जावा एक प्रामाणिक र प्रतिष्ठित ब्रान्ड भएकोले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरुको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरु नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरुले गर्दा नेपालगञ्जमा हाम्रा ग्राहकबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।

जावा मोटरसाइकलका बारेमा

जावा चेक गणतन्त्र, पूर्वचेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो। जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरुमा क्लासिक, राम्रोसँग इन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो। यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो। सुन्दर डिजाइन र बलियो प्रदर्शनले यसले प्रयोगकर्ताहरुका मन जित्नमात्र सहयोग नगरी विश्वका थुप्रै विश्व उपाधि पनि जितेको छ।

२०७८ भदौँ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...