back
himalayan life

रौतहटमा प्रहरीले निर्दोष फसाउन लागुऔषधको साहारा लिएपछी

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले रिसिवी साधेर निर्दोष व्यक्तिहरुलाई फसाउने कार्य गरेको पुष्टी भएको छ ।
साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएको छ ।

समाजिक संजालमा प्रहरीका विरुद्धमा लेखेको रिसिवी साध्न प्रहरीले रौतहटबाट संचालन हुने एक अनलाई न्यूज पोर्टलका संचालक मो. मोजिबुल्लाहलाई षडयन्त्रपूर्ण तरिकाले फसाएको हो । गौर नगरपालिका रोडमा रहेको एक होटेलमा खाजा खान गएका ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलिले लागुऔषध नाइट्राभेट सहित पक्राउ परेको बताएको थियो । असइ उदय यादवको नेतृत्वमा रहेको प्रहरीटोलीले होटेल बाहिर पार्किङ्ग गरि खाजा खान गएका व्यक्तिको मोटरसाइकलमा सो नाइट्राभेट राखेको भिडियोमा देखिएको छ ।

असइ उदय यादव तथा प्रहरी जवान मनोज साहले दुई युवाहरुलाई प्रयोग गरी आफ्नै निगरानी तथा प्रत्यक्ष उपस्थीतिमा सो लागु औषध मोटरसाइकलमा राख्न लगाएका हुन । सिसिटिभीको साँझ ६ बजेर ७ मिनेटको फुटेज देखी ६ बजेर १८ मिनेको फुटेजमा प्रहरीको षडयन्त्रको पर्दाफास भएको छ ।

दुई युवाहरु पुगेको केही सेकेण्डमै असइ यादव र प्रहरी जवान साह होटेल बाहिर आएको र ६ बजेर १२ मिनेटमा असइ यादवले स्वम सो मोटरसाइकलमा लागुऔषध राख्ने स्थान निश्चीत गरेको देखिएको छ । सिसिटिभीको ६ बजेर १८ मिनेटको दृश्यमा मोटरसाइकलमा लागुऔषध राखे पछि प्रहरी त्यहाँबाट गएको र ६ बजेर ४२ मिनेटमा होटेलबाट मोजीबुल्लाह फर्किएको देखिएको छ । प्रहरीलेनै लागुऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै पत्रकार महासंघ रौतहटले गम्भीर आपती जनाएको छ । प्रहरीले गरेको निन्दनीय अपराधका लागी रौतहटको प्रहरी प्रमुख देखी लिएर घटनामा संलग्न हवल्दार सम्मलाई तत्काल निलम्बन गरी कारवाही गर्न पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले माँग गरेका छन ।

घटनामा फसाइकाहरु निर्दोष भएको प्रमाणित भएकोले अब नैतिकता आधारमा पनि प्रहरीले उनीहरुलाई तत्काल रिहा गर्नु पर्ने उनले बताए । प्रहरीले व्यक्तिलाई फसाएको यस घटनामा संलग्न भएकाहरुको बारेमा केन्द्रीय स्तरबाटै जाँच हुनुपर्ने पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताएका छन । घोरआपत्ती जनक कार्यको विरोध गर्दै प्रहरीको यस्ता किसिमका हर्कतहरुको निन्दा गर्ने उनले बताए ।

प्रहरीकै उच्च अधिकारीहरुको निर्देशनमा घुमुवाटोलीले लागुऔषध मोटरसाइकलमा राख्न लगाएर निर्दोषलाई पक्राउ गरेको श्रोतको दाबी छ । प्रहरी आफै संलग्न भएको घटनामा अनुसन्धान गर्ने भन्दै धिरज यादव तथा जितेश यादवलाई नियन्त्रणमा लिए पनी सिसिटिभीमा देखिएका असई सहितको प्रहरी कर्मचारीलाई भने कारवाही भएको छैन ।

भिडियोमा देखिएका व्यक्तिहरुलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको र यस विषयमा तत्काल केही बोल्न नसकिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।
२०७८ भदौ ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...