back

कमला नदी जलाधार क्षेत्र जलस्रोत विकास रणनिती तयार

nactional life

काठमाडौँ । आज अष्ट्रेलियाका राजदुत फेलिसीटी वोल्कले अष्ट्रेलियाली आर्थिक सहयोगमा तयार पारिएको वाटर रिसोर्सेज डेभलप्मेण्ट स्ट्राटजी फर द कमला रिभर बेसिन, नेपाल, (कमला नदी जलाधार क्षेत्रको जलस्रोत बिकास रणनिती), जल तथा उर्जा आयोगको सचिवालयका सचिव मणिराम गेलाललाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै राजदुत वोल्कले सबै नेपालीहरुको पानीको आवश्यकता दिगो रुपमा पुरा गर्न प्रमाणमा आधारित र सरोकारवालाहरु संग ब्यापक छलफल गरेर गरिने जलस्रोत ब्यवस्थापन महत्वपूर्ण हुने बताए । “नेपालभर देखिएको मौसम परिवर्तनका प्रभावहरुले जलस्रोत ब्यबस्थापन अझै चुनौतिपूर्ण भईरहेको छ,” उनले भने ।

अष्ट्रेलिया सरकारको सस्टेनेवल डेभलप्मेण्ट ईन्भेस्टमेन्ट पोर्टफोलीयो (एसडीआईपी) को माध्मबाट, अष्ट्रेलियाको कमनवेल्थ साईन्टीफिक एण्ड ईन्डस्ट्रियल रिसर्च अर्गनाईजेसन (सिएसआईआरओ) र नेपालको जल तथा उर्जा आयोगको सचिवालयले कमला नदीलाई केन्द्रित गरेर जलाधार क्षेत्र योजना तयार गर्ने र जलस्रोत ब्यवस्थापन गर्ने क्षमता अभिवृद्दी गर्न सहकार्य गेरेका थिए।

यो रणनिती कमला बेसिन ईनिसीएटीभ अन्तर्गत प्रकाशित अन्तिम दस्ताबेज हो। यस अघि स्टेट अफ द कमला रिभर बेसिन (कमला जलाधार क्षेत्रको अवस्था) र रिकमेण्डेसन अन पोलीसि एण्ड लिगल ईन्स्ट्रुमेण्टस् फर वाटर रिसोर्स मेनेजमेण्ट (जलस्रोत ब्यवस्थापनका लागि नितीगत र कानुनी सिफारीस) पुस्तकहरु तयार गरिएको छ। यो रणनितीले कमला जलाधार क्षेत्र योजना तयार गर्न दिशानिर्देश गर्नेछ।

यो रणनिती तयार गर्दा तीनै तहका सरकारहरु, नागरिक समाज र स्थानिय सरोकारवालाहरु संग छलफल गरिएको थियो । यसले अन्य जलाधार क्षेत्रहरुको जलस्रोत ब्यवस्थापन योजना बनाउन एउटा महत्वपूर्ण नमुनाको काम गर्नेछ।

“यो रणनितीले सबै सरोकारवालाहरु लाई जलस्रोत उपयोगको उद्देश्य पहिचान गर्न पनि दिशानिर्देश गर्नेछ,” राजदुत वल्कले भने। “यो दस्तावेजले कमला जलाधार क्षेत्रमा थप कामहरु गर्न आधार दिनेछ र एकातर्फ एकदम कम पानी उपलब्ध हुने र र अर्को तर्फ अत्याधिक पानी हुने जस्ता समस्याहरुलाई झैल्दै आईरहेको अवस्थामा नेपालका अन्य जलाधार क्षेत्रमा पनि यो दस्ताबेज काम लाग्नेछ ।”

२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...