मौद्रिक नीति चुहावट भएपछि अर्थले माग्यो जवाफ, दुई जना शंकाको घेरामा

वि.सं.२०७८ साउन २९ शुक्रवार

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक हुनु पुर्व नै बिभिन्न संचारमाध्यम मार्फत बाहिरीयपछि अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले जवाफ मागेका छन्।
सार्वजनिक हुनु पुर्व सूचना बाहिरीएपछि अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधु कुमार मरासिनीसँग जवाफ मागे हुन् ।
अर्थमन्त्रीले मागेको जवाफमा गभर्नर अधिकारी र सचिवले यसबारे बुझेर खबर गर्ने जवाफ दिएका छन् ।
राष्ट्र बैंकको सात सदस्स्यीय संचालक समितिको अध्यक्षमा गभर्नर र संचालक सदस्य रहन्छन् । सञ्चालक समितिमा थप दुई जना डेपुटी गभर्नर र सरकारले नियुक्त गरेका तीन जना सदस्य रहन्छन् । यी सातमध्येबाट सूचना बाहिरीनुपर्ने हुन्छ ।
राष्ट्र बैंक स्रोतका अनुसार सरकारले नियुक्त गरेका तीन जना मध्ये एक सदस्य र अर्का एक डेपुटी गभर्नरले सूचना बाहिराएको शंका गरिएको छ ।
२०७८ साउन २९ गते प्रकाशित

प्रकाशित समय : ११:०८ बजे