back

मेगा बैंकको नाफामा उछाल, हेर्नुस् अन्य सूचकहरु

nactional life

काठमाडौँ । मेगा बैंकको गत आर्थिक वर्षका चौथो वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको असार मसान्तसम्मा सबै वित्तीय सूचकहरुमा चमक छाएको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन खुद नाफा ४५.१६ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष मेगा बैंकको यस्तो नाफा १ अर्ब ५८ करोड रुपैयाँ थियो ।

ब्याज आम्दानी, कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा मेगा बैंकले ४५ प्रतिशतले नाफा बढाउन सकेको हो । मेगा बैंकको गतवर्ष ब्याज आम्दानीबाट ५ अर्ब ८० करोड कमाएको छ । जुन अघिल्लो वर्ष ४ अर्ब १७ करोड थियो ।

१४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको मेगा बैंकको वितरण योग्य नाफा १ अर्ब ५१ करोड गरेको छ । मेगा बैंकले असार मसान्तसम्ममा १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात २३.२ गुणा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा छ।

२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....