चन्द्रनिगाहपुर सरकारी अस्पताल आफैं बिमारी
वि.सं.२०७८ साउन २४ आइतवार
रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको सरकारी अस्पताल झट्ट हेर्दा आफै विरामि देखिन्छ । अस्पतालको अवस्था लथालिगं रहेको छ । अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रेको दुई बर्ष बित्दा समेत सम्बन्धीत निकायले मर्मत तर्फ चासो लिएको छैन ।
एक्सरे मेशिनमा माकुराले लगाएको जालो हटाउने तर्फ समेत कर्मचारीले ध्यान दिन सकेका छैनन् । १५ बेडको सरकारी अस्पतालबाट सेवाग्रहीले समान्य उपचार समेत पाउन नसकेको गुनासो बढदै जान थालेको छ । अस्पतालमा रहेको एक्सरे मेशिन संचालनका लागि २ जना कर्मचारी रहेकोमा मेसिन बिग्रेपछि पनि दुई बर्ष देखी ती कर्मचारीले कामै नगरी तलव भत्ता बुझदै आएकाछन् ।
सो अस्पतालमा जहुर राइन् ,सन्दीप साह र देव शंकर पासवान गरेर तीनजना डाक्टर हाल कार्यरत रहेका छन् ।
अस्पतालमा सेवाग्रहीले समान्य उपचार समेत नपाउने गरेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा रवी राना मगरले बताए । अस्पतालबाट सेवाग्राहीले पाउने समान्य प्रकारका औषधी पनि डाक्टर बाहिरबाट किनेर खान भन्ने गरेको मगरको भनाइ रहेको छ ।
अस्पतालले एक्सरे गर्न र भिडियो एक्सरेका लागि सेवाग्राहीलाई बाहिर पठाउन बाध्य रहेको अस्पतालमा भेटिएका डाक्टर देव शंकर पासवानको भनाइ रहेको छ । अस्पतालको बाहिर राखिएको सुद्ध खानेपानी लेखिएको स्थानको धारामा महिनौ देखी पानी नआउने गरेको अस्पतालका कर्मचारीले बताए । अस्पतालले चहिएजती लानुस भनेर राखेको कण्डमको बाकसमा माकुराको जालो लागेको छ । एक्सरे संचालनका लागि नगरपालिकाले राखेका दुईजना कर्मचारी दिपेन्द्र झा र अशोक यादवले दुई बर्ष देखी कमै नगरी तलव बुझदै आएका छन् । अस्पतालका अधिकांस कर्मचारी समयमा अस्पतालमा नआउने गरेको स्थानीय युवा समाजसेवी नरेश लामिछाने गुनासो गरे । उनले भने अस्पतालको अवस्था नाजुक हुदा समेत सम्बन्धीत जनप्रतिनिधिले कुनै चासो नदिएका कारण सरकारी अस्पताल आफैं बिमारी परेको हो । अस्पतालमा एक्सरे मेशिन खरिदका लागि चन्द्रपुर नगरपालिकाले २ पटक टेण्डर आवहन गरेको भएपनि एक्सरे मेशिन खरिद गर्न नसकेको लामिछानेको भनाइ रहेको छ । मेशिन खरिदको पैसाको लेखाजोखा हुनुपर्ने उनले बताए ।
अस्पतालमा डाक्टर बस्ने कोठानै फोहोरै फहोर रहने गरेको छ । अस्पताल आफै बिमारी छ,कसरी सर्बसाधारणको उपचार हुन्छ चन्द्रपुर ८ का समाजसेवी अच्युत हुमगांईले गुनासो गरे । अस्पतालमा अवको एक मिहनामा नया अएक्सरे मेशिन आउने चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले बताए । अस्पतालको अन्य सेवा चुस्त दुरुस्त राख्नका लागि आफुले तत्कालै कर्मचारीलाई निर्देशन दिने समेत मेयर चौधरीको भनाइ रहेको छ । सरकारी अस्पतालबाट सर्बसाधारणले पाउने कुनै पनि सेवामा कमी आउन नदिनका लागि आफुले सम्बन्धीत कर्मचारीलाई निर्देशन दिदै आएको मेयर चौधरीले बताए ।
चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अभय कुमार ठाकुरले अस्पताल व्यावस्थापन समितिको अध्यक्ष मेयर स्वयम रहेका कारण अस्पतालको बिषयमा आफुले केही बताउन नसक्ने जानकारी दिएका छन् ।
२०७८ साउन २४ गते प्रकाशित
प्रकाशित समय : ०९:११ बजे






















