back
himalayan life

सूर्योदय लघुवित्तको नाफामा उछाल, १४८.७४ प्रतिशतले बढ्यो

काठमाडौँ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा राम्रो प्रगति गरेको छ ।

कम्पनीले समिक्षा अवधिमा १० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन, गत आर्थिक वर्षको तुलनामा १४८.७४ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले ८ करोड ३७ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। त्यस्तै संस्थाको खुद ब्याज आम्दानी पनि ४५।३१ प्रतिशतले बढेर २९ करोड १७ लाख रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो आम्दानी २० करोड ७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई २ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ५८.१५ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष ११ करोड ५८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १८ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी २४ करोड ८० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४२.५८ रुपैयाँ पुगेको छ। पीई रेसियो ४०.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७३.८५ रुपैयाँ रहेको छ।

२०७८ साउन १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...