back

संविधान रक्षाको आन्दोलनमा मिडियाको भूमिका प्रशंसनीय: अर्थमन्त्री शर्मा

र्यालयमा सोमवार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान विरोधी गतिविधिका विरुद्ध निरन्तर आवाज उठाएर संचार जगतले संविधानको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

अघिल्लो सरकारको संविधान विरोधी गतिविधिका विरुद्ध गठबन्धनकारी राजनैतिक दल, आम जनता, बुद्धिजिवी, कानुनविदसँगै मिडिया क्षेत्रले सक्रिय भूमिका निर्वाह गरेको कारण लोकतन्त्र र संवैधानिक अधिकार जोगिएको उनको भनाइ छ ।

स्वरोजगारमूलक साना तथा मझौला उद्योग व्यावसायसँगै स्वरोजगारमूलक मिडियाहरुको लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने बारे सरकार प्रयत्नशील रहेको भन्दै मन्त्री शर्माले यसबारे आवश्यक व्यवस्था मिलाउन राष्ट्रबैंकसँग पनि कुरा भइसकेको जानकारी दिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दुढतापूर्वक उभिने भन्दै उहाँले गल्ती कमजोरीहरु औंल्याएर रचनात्मक सहयोग गर्न आम सञ्चार जगतलाई आग्रह गरे ।

मन्त्री शर्माले कोभिड संकटबाट पार पाउन कसैको एकल प्रयास पर्याप्त नहुने भन्दै सबै सरोकारवालाको सुझाव र सामुहिक प्रयत्नबाट राहत सम्बन्धी उचित निर्णय गरिने बताए । दलीय स्वार्थभन्दा माथि उठेर संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेतर्फ सवैले ध्यान दिनुपर्नेमा मन्त्री शर्माको जोड छ ।

स्वागत कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्रमा संघीयता कार्यान्वयन गर्नुपर्ने, कोभिड पीडित सञ्चारकर्मीहरुको लागि राहत र पुनस्थापना, समानुपातिक विज्ञापन नीति कार्यान्वयन, प्रेस स्वतन्त्रताको सम्मान लगायतका विषयहरुमा सरकार प्रतिवद्ध रहनुपर्ने बताए । उनले सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने मिडियाको धर्म भएकोले यसको सम्मान गर्ने वातावरण निर्माणमा जोड दिए ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारहरुको पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षालगायतमा सरकारले सरकारले परिणाममुखी काम गर्नुपर्ने सुझाव दिए ।

२०७८ साउन १९ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:२९

काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र...

लगानी बोर्डको एकल बिन्दु सेवा केन्द्र: लगानीकर्ताका लागि खुसीको खबर!

लगानी बोर्डको एकल बिन्दु सेवा केन्द्र: लगानीकर्ताका लागि खुसीको खबर!

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:२५

काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा...

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:१२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक समीक्षा र...