तेह्रथुम पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

वि.सं.२०७८ साउन १९ मंगलवार

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आयोजनाले प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि बिक्रि खुला गरेको उक्त आईपिओमा जिल्ला वासिले आजसम्म मात्रै आवेदन दिन पाउँने छन् । कम्पनीका अनुसार आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।
कम्पनीले साउन ५ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितलाई ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । यसको बिक्री प्रबन्धकमा एनआएबीएल एस क्यापिटल रहेको छ ।
लगानीकर्ताले आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाको शाखाबाट तथा ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा, माछापुच्छ्रे बैंकको हिले शाखा र नेपाल बंगलादेश बैंकको स्थानीय शाखाबाट आवेदन दिन सकिने छ ।
२०७८ साउन १९ गते प्रकाशित

प्रकाशित समय : ०५:४५ बजे