आउँदो शुक्रबार वा आइतबार मौद्रिक नीति सार्वजनिक हुने
वि.सं.२०७८ साउन १८ सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आउँदो शुक्रबार वा आइतबार मौद्रिक नीति सार्वजनिक सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इकोनोमिक मिडिया सोसाइटीको प्रतिनिधिमण्डलसँगको भेटघाटका आइतबार सम्ममा मौन्द्रिक नीति सार्वजनीक गर्ने तयारी भएको बताएका हुन् । उनले भने ‘मौद्रिक नीति ल्याउन अब धेरै ढिला भइसक्यो, सकेसम्म हामी आउँदो शुक्रबार सार्वजनिक गर्छौं’, उनले भने, ‘यदि कुनै कारणले भ्याइएन भने आइतबार जसरी पनि सार्वजनिक हुन्छ।’
गभर्नर अधिकारीले अर्थ मन्त्रालयको हस्तक्षेपका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको भन्ने विषयलाई निराधार रहेको बताएका छन्।
२०७८ साउन १८ गते प्रकाशित
प्रकाशित समय : ०९:३६ बजे





















