back

पालिकालाई ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

महोत्तरी । महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोना विरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वसहित नेपालमा पनि पछिल्लो समय कोरोनाको तेस्रो लहर भेटिएपछि सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लब महोत्तरीले जिल्लाको जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सेभ द चिल्ड्रेनको सम्मुनति कार्यक्रम अन्तर्गत रतौली युवा क्लबले कोरोनाको तेस्रो लहर विरुद्ध पूर्व तयारीका लागि जलेश्वर नगरपालिकालाई रु १५ लाख, लोहारपट्टी नगरपालिकालाई सात लाख र पिपरा गाउँपालिकालाई १३ लाखका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सो संस्थाले पालिकालाई अक्सिजन ग्यास सिलिण्डर, अक्सिमिटर, स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत २२ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले तीन वटै पालिकाका प्रमुखलाई सबै स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
२०७८ साउन १८ गते प्रकाशित


अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...

‘बालेन शैली’कै बाटोमा प्राधिकरण : सरकारी जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने, एक्सनमा उत्रियो

‘बालेन शैली’कै बाटोमा प्राधिकरण : सरकारी जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने, एक्सनमा उत्रियो

वि.सं.२०८१ माघ १८ शुक्रवार १०:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएर...

मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

वि.सं.२०८१ माघ १७ बिहीवार १०:४८

रामेछाप । रामेछापको मन्थलीमा कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु...