प्रिमियर स्टील बन्यो ३६ एमएममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने पहिलो नेपाली कम्पनी
वि.सं.२०७८ साउन १४ बिहीवार
काठमाडौं । ३६ एमएम समु्हमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ । ३६ एमएमको छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ ।
कम्पनीकाे अनुसार यसअघि ३० एम एम को छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिएकाे थियाे जसले गर्दा निर्माण कार्यमा केही ढिलाइ हुने गर्थियाे ।
अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था नरहने कम्पनीले जनाएकाे छ ।प्रिमियर स्टीलले एफइ ५००, एफइ५००डि ग्रेडेड टिएमटी रेबर, टोरकारी स्टिल, बाइन्डिङ वायर्स तथा एसडब्लुजीको प्रयोग गरी उत्पादन गर्दै आएको छ ।
प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।
कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टिएमटीबार उत्पादन गर्दै आएको कारण आफ्नाे उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएकाे बताए्का छन् ।
२०७८ साउन १३ गते प्रकाशित
प्रकाशित समय : १३:३० बजे





















