back

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ।

निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ।

भदौमा महाधिवेशन हुँदैन।आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने, ‘आयोगले कांग्रेसलाई महाधिवेशन गर्न पुस मसान्तसम्मको समय दिनेछ।’

कोरोना भाइरसको संक्रमणसहितका कारण देखाएर कांग्रेसले आयोगसँग समय माग गर्ने उनले बताए। ‘त्यसको जवाफमा आयोगले पुस मसान्तसम्मको समय दिनेछ’, उनले भने। कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मका लागि तोकेको थियो।

तर अब एक महिना मात्रै बाँकी रहँदा क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन। उक्त विषय टुंगो लगाउन बिहीबार पाँच दिनको समय मागिए पनि उक्त विषय टुंगो नलाग्ने स्रोतले दाबी ग¥यो।

सयभन्दा बढी वडामा सदस्यता विवाद रहेको, बारा र सप्तरीको नयाँ सदस्यता फाइल खोल्दै नखोलिएको, धनुषा, सर्लाहीका एकएक निर्वाचन क्षेत्रको विवाद कायम रहेको र विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकाको संगठन समायोजनको काम नसकिएकाले चाहेर पनि भदौमा महाधिवेशन सम्भव नरहेको कांग्रेस स्रोतको दाबी छ।

कांग्रेसले पछिल्लो पटक तय गरेको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ देखि वडा अधिवेशन गरेर बिहीबार पालिका तहको अधिवेशन भइसक्नुपर्ने थियो। नागरिक दैनिकबाट

२०७८ साउन १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...