back
himalayan life

इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौँ । डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।

कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाईल भ्यान मार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिन्छ ।

मोबाईल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इसेवा खातामा लोड गर्न पनि सकिन्छ ।

कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्ज १९७९ मा स्थापित कुवेतको केन्द्रिय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स् कम्पनी हो । जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स्, मुद्रा विनियम जस्ता सेवाहरू दिँदै आएको छ । वर्षौँदेखिको उत्कृष्ट सेवाका कारण कम्पनी कुवेतको एक अग्रणी वित्तीय सेवा प्रदायकका रूपमा अगाडी बढेको छ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

२०७८ साउन ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...