back

कर्मचारीमाथि एनसेलको दमन, आन्दोलनले लियो उग्र रुप

काठमाडौँ । एनसेल कम्पनी विरुद्ध कर्मचारीले विगत चार दिनदेखि आन्दोलन सुरु आन्दोलन सतहमा आएको छ । नीजि क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर्मचारीलाई मानसिक यातना दिनुका साथै कर्मचारी ट्रेड युनियनका अध्यक्षलाई नै धम्कीपुर्ण पत्राचार गरेपछि आन्दोलन सतहमा आएको हो ।

अहिले कर्मचारीहरु एनसेलको मुख्र्यालयमा कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । उनीकहरुले कालो ब्यानरमा डेभलपमेन्ट पोष्टिङका नाममा हुने गरिएको सरुवा बन्द गर्न र कर्मचारीमाथिको अन्यायपूर्ण कारवाही फिर्ता गर्न माग गरेका छन् ।

आन्दोलनरत कर्मचारीहरुको ट्रेड यूनियनले प्राधिकरणलाई पत्र लेख्दै एनसेल कर्मचारी ट्रेड युनियन एनसेल आजियाटामा रहेका कर्मचारीहरु शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु वाध्य भएर सूचारू गरेको समेत जनाएको छ ।

एनसेल व्यवस्थापनले कोरोना महामारिकोकारण देखाई कर्मचारीहरुलाई बर्खास्त गर्ने, बलपूर्वक सरूवा गर्ने, गैरकानूनी तबरमा चेताबनी दिने र सामुहिक सौदाबाजीका बिबादलाई समाधान नगर्ने कर्मचारीहरुमा त्रास र भयको वातावरण सिर्जना गर्न लगायतका विभिन्न गतिविधिहरु गरेको कर्मचारीको भनाई छ ।

अहिले बन्दाबन्दि खुकुलो भइसक्दा पनि संस्थाले आफ्ना कार्यालयहरु बन्द गरेर कर्मचारीहरुलाई कार्यालय नआउन उर्दी जारी गरि कार्यालय समय भन्दा पछिको समयमा र बिदाका दिनमा समेत काममा लगाई मानसिक तनाब तथा यातना दिने काम पत्रमा उल्लेख छ ।

अत्यावश्यक सेवा प्रदायक संस्थामा काम गर्ने कर्मचारीहरुलाई सरकारले खोपलाई प्राथमिकता दिएको भएपनि एनसेल व्यवस्थापनले सो को व्यवस्थापन नगरेको र सिमित खोफहरु मगाई भेदभाब पूर्ण तबरले केही कर्मचारीलाई मात्र लगाएको जानकारी गराइएको छ । यूनियनले खोपको लागि सम्बन्धित सरकारी निकायमा पहल गर्न आग्रह गरेको छ ।

साथै युनियले श्रम कार्यालयलाई पत्र लेख्दै ट्रेड युनियनका सदस्यलाई माहामारीको दौरानमा एकतर्फी कानुन बिपरित बर्खास्त गरेको जानकारी गराएका छन् । कर्मचारीले काम गरेर खान पाउने अधिकार र मानब धर्म बिपरित महामारीको समयमा कर्मचारीको बर्खास्ती बलपूर्वक सरुवा, कानुन र सामुहिक सौदाबाजीको उल्लंघन तथा ट्रेड युनियन पदाधिकारी तथा सामुहिक सौदाबाजी समितिका सदस्यहरुलाई औपचारिक रुपमा गैरकानुनी तवरमा चेतावनी दिने कार्य गरेको भएको जानकारी गराएका छन् ।

एनसेल कर्मचारी ट्रेड यूनियनले १९ गतेदेखि कम्पनीले मानसिन यातना दिएको, कोरोना विरुद्धको खोपमा विभेद गरेको , युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेख्ने र कर्मचारीहरूलाई निकाल्ने तथा सुरुवा गर्ने गरेको भन्दै आन्दोलन सुरु गरेको हो ।

कर्मचारीमाथि अन्याय गरेको भन्दै यूनियन सदस्य तथा कर्मचारीले आफूहरू बाध्य भएर विरोधमा उत्रिनु परेको बताए ।

युनियनले आन्दोलनको बोधार्थ श्रम तथा रोजगार कार्यालय टेकु र दुरसञ्चार प्राधिकरण जमललाई समेत गराएका छन् ।

कम्पनीका आन्दोलनरत एक कर्मचारीले ठूलो कम्पनीले पनि आफुहरुलाई अन्याय गरेका बताए । उनले पहिला पनि चार जना कर्मचारीलाई कारवाही गरेको र अहिले विधि प्रक्रियाको नाममा कर्मचारीलाई अस्वाभाविक सरुवा गरेको जानकारी गराए ।

उनले थपे ‘यति मात्रै नभएर कर्मचारीको अधिकारको लागि बोल्दा युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेखियो, हरेक दुई–दुई बर्षमा हुने सामुहिक सौदावाजीमा पेश भएका जायजम माग पनि सम्बोधन भएनन् । त्यही भएर विरोध गरेका हौं ।’

यूनियले स्वास्थ्य सम्बन्धि सुरक्षाका मापदण्डहरू पूर्णरूपमा पालना गर्दै अत्यावश्यक सेवा प्रदानमा समेत बाधा नपुर्याई आफुहरु शान्तिपूर्ण आन्दोलमा उत्रिको जनाएको छ ।

२०७८ असार २३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...