back

कृषि विकास बैंक र निजामती अस्पतालबीच बैंकिङ सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौँ। कृषि विकास बैंक लिमिटेड र निजामती अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएमलगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रा. डा विधाननिधि पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायज्यूले हस्ताक्षर गरेका छन्। आगामी १० वर्षसम्मका लागि यी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।

सम्झौताबमोजिम अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन्।

आगामी साउन महिनादेखि उल्लेखित सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालको बिलिङ काउन्टर बैंकले सञ्चालन गर्ने भएबाट अस्पतालको सो सेवासमेत अझै प्रभाकारी हुने विश्वास लिइएको छ।

सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख गिरिधारी पौडेल, बागमती प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक नयाँ बानेश्वर शाखाको प्रबन्धक रमेश रावल, गठ्ठाघरका प्रबन्धक खेटराज दाहाललगायत अन्य कर्मचारीको समेत उपस्थिति थियो। अस्पतालका तर्फबाट लेखा शाखाका प्रमुख चूडामणि गौतम, कर्मचारी युनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेललगायत अन्य कर्मचारीेको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन निजामती अस्पतालका उपसचिव भोला चापागाईले गरेका थिए।

देशको ७७ जिल्लामा एक्सटेन्सन काउन्टरसमेत गरी २८० वटा शाखा सञ्जाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारका क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ।

२०७८ असार २३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...