back

जिससले थाल्यो योजना अनुगमनको काम

कालिकोट । जिल्ला समन्वय समिति कालीकोटले चालु आव २०७७÷७८ का स्थानीय तह, प्रदेश र सङ्घीय विकास निर्माणका योजनाको अनुगमन शुरु गरेको छ । जिल्लाका नौवटै स्थानीय तहमा सञ्चालित स्थानीय तह, प्रदेश र सङ्घका विकास निर्माणका योजनाको अनुगमन शुरु गरिएको हो ।

जिल्लामा सञ्चालित स्थानीय तह, प्रदेश र सङ्घका विकास निर्माणका योजनाको गुणस्तर, कामको प्रभावकारिता विषयमा अनुगमन थालिएको जिल्ला समन्वय अधिकारी चक्रबहादुर शाहीले बताए । “जिल्लाभर चालू आवका सञ्चालनमा रहेका योजनाको अनुगमन थालिएको छ”, उनले भने, “कामको प्रभावकारिता, गुणस्तर र कामको हालको अवस्थाका विषयमा अनुगमन गरिनेछ ।”

तीनै तहका योजनाको गुणस्तरीय भए÷नभएका बारे स्थलगत रुपमा निरीक्षण गरेर कार्यसम्पादन मूल्याङ्कनका आधारमा योजनाको प्रतिवेदन तयार पारिने त्यसैका आधारमा भुक्तानी दिन सम्बन्धित पक्षलाई सिफारिस गरिने समन्वय अधिकारी शाहीले बताए।

जिल्लाका विभिन्न आयोजना रहेका र त्यसको अनुगमन मूल्याङ्कन नै नगरी भुक्तानी लिँदा गुणस्तरीय काम नभएर कुनै योजना भुक्तानी लिएकै दिनबाट नराम्रो काम भएको जनगुनासो सुनिन थालेपछि योजनाको अनुगमन गर्न थालिएको समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए ।

२०७८ असार १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...