back

चीनमा ९७ करोडले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ । चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् ।

तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लगाएका छन् । पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको संयुक्तराज्य अमेरिकामा ३१ करोड २९ लाख डोज खोप लगाइएको छ । त्यसपछि तेस्रो स्थानमा रहेको भारतमा २५ करोड ८३ लाखले खोप लगाएका छन् ।

तर जनसंख्याका आधारमा इजरायलमा कूल जनसंख्याको ५९ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने बेलायतमा ४५ प्रतिशत, चिलीमा ४८ प्रतिशत, उरुग्वेमा ३७ प्रतिशत, बहराइनमा ५१ प्रतिशत, हंगेरीमा ४५ प्रतिशत, संयुक्तराज्य अमेरिकामा ४४ प्रतिशतले पूर्ण खोप पाएका छन् । तर कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा ३.५ प्रतिशतले पूर्ण तथा १२ प्रतिशतले आंशिक खोप लगाएको डब्लुएचओले जनाएको छ ।

२०७८ असार ४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...